एमालेमा माधव नेपाल आवश्यक छ भन्नेहरुलाई ओलीको प्रश्न : फेरि पार्टी फुटाउन चाहियो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७८, शुक्रबार ०५:४०

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपाल आवश्यक नभएको बताएका छन् । उनले पार्टीमा गुटबन्दीमात्र गरेका उनले बताए ।

काठमाडौँ जिल्लस्तरिय प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष एवम् बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलगायत नेताहरुले माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेका थिए । तर, यसरी नेपाललाई एमालेमै फर्किन आग्रह गर्नेहरुलाई अध्यक्ष ओलीले प्रतिप्रश्न गरेका छन् । उनले एमालेमा माधव नेपालको आवश्यकता नभएको प्रष्ट पारेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले भने,“केही साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव कामरेड आउनुस् । तपाईंको आवश्यकता छ । अब फुटाउनलाई आवश्यक छ उहाँको यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यक छ माधव कामरेडको, त्यो बुझ्दिनँ ।”

माधव नेपालले पार्टीमा गुटबन्दीमात्र गरेको र साढे ३ वर्ष सरकारको पक्षमा एक शब्द नबोलेको उनले बताए । “माधव नेपालले तीन वर्षमा पार्टीको पक्षमा र सरकारको पक्षमा एक शब्द बोलेको कमरेडहरुले सुन्नुभयो ? सरकारको आलोचना र विरोध प्रतिक्रियावादीभन्दा चर्को,” उनले भने ।

प्रतिक्रिया