विमानस्थलबाट २ करोड बढीको सुनको गहना बरामद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०७८, बुधबार ०६:०८

काठमाडाैं । त्रिभुवन विमानस्थलमा काठमाण्डौंबाट बिराटनगर जान लागेका यात्रुहरूको लगेजमा दुई करोड बढीको सुनको गहना फेला परेकाे छ । ती सामान बरामद गरेको छ भने लगेज धनीलाई प्रहरीले पक्राउ गरेकाे छ । भदौ २८ गते बिहान ०८:३० बजे श्री एयरलाइन्सको उडान नं. SHA731 मा काठमाण्डौंबाट बिराटनगर जान लागेका यात्रुहरूको ब्यागेज एरियाको X-ray Machine मा चेकजाँच गर्ने क्रममा ठूलो परिणाममा सुन बरामद गरिएको हो । पक्राउ पर्नेमा

कैलाली बदगोरिया गा.पा.वडा नं. १ स्थायी घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उ.म.न.पा. वडा नं. २ घर भएका ४७ वर्षका मुरारी राज अधिकारी रहेका छन् । उनीहरूकाे ब्यागेजमा ती गहनाहरू फेला परेको प्रहरीले जनाएको छ ।

राज भण्डारीको साथबाट मूल्य रु.३६,६४,२२५ बराबरको ५१५ ग्राम तौलको २२ क्यारेटको गरगहनाहरुको र मुरारी राज अधिकारीको २४ क्यारेटको ५९७ ग्राम (मूल्य रु.४६,३७, १९७/-), २२ क्यारेटको १५५२ ग्राम (मूल्य रु. १,१०,४२, ४८०/-) र पत्थर जडित १४ क्यारेटको गरगहना तौल ६९६ ग्राम (मूल्य रु.३१, ४८, ४९५/-) गरी सुनका गरगहनाहरू फेला परेको बताइएको छ । सबै गहनाको कुल जम्मा तौल ३३६० ग्राम र मूल्य दुई करोड चौबीस लाख बयानब्बे हजार तीन सय सन्तानब्बे रुपैयाँ रहेको छ ।

गहनाहरु प्रमाणित, नापतौल र मुल्याङ्कनको लागि काठमाण्डौं सुनचाँदी व्यवसायी संघ, क्षेत्रपाटी, काठमाण्डौं पठाइएको थियो । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१