माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारलाई समर्थन दिने एकीकृत समाजवादीको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७८, मंगलवार ०४:५८

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ । माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने सोमबार ज्येष्ठ सदस्य बलबहादुर स्वडारीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले निर्णय गरेको हो । सुदूरपश्चिममा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।

सरकारमा एकीकृत समाजवादीका दुईजना मन्त्री रहेका छन् । उनीहरू एमालेमै रहँदा सरकारमा सहभागी भएका थिए । एमाले विभाजनपछि उनीहरूले एकीकृत समाजवादी रोजेका छन् ।

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल बनेको छ । उसका १४ जना प्रदेश सभा सदस्य छन् ।

सोमबारको बैठकले संसदीय दलको नेता चयन गर्न नसकेपनि विधान मस्यौदा समिति भने बनाएको छ । प्रदेश सभा सदस्य प्रकाश रावलले सांसदहरू दुर्गा विक, अमर साउँद र कुलबिर चौधरी रहेको समिति बनाएको बताए ।

‘विधान मस्यौदा समितिले भोलि नै बस्ने दलको बैठकमा मस्यौदा पेश गर्छ,’ सांसद रावलले भने, ‘त्यसपछि दलको नेता चयन लगायतको काम हुन्छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१