अवरुद्ध संसद कहिले खुल्छ ? देउवाले भने, ‘ओलीजीलाई सोध्नू’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७८, सोमबार ०५:४५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोधका बारेमा एमाले अध्यक्ष केपी ओलीलाई सोध्न सुझाव दिएका हुन् ।

आइतबार संसद अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीलाई देउवाले संसदको अवरोधका बारेमा ओलीसंग सोध्न सुझाव दिएका हुन् ।

संसदको चालू अधिवेशन सुरु भएदेखि नै एमालेले सदनमा अवरोध गरिरहेको छ । अवरोधकाबीच यसअघि सदनमा बिभिन्न अध्यादेश पेश गरिएको थियो । यसरीनै संसद कति दिन चलाउनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले ओलीलाई सोध्न सुझाव दिएका थिए ।

त्यस्तै संसद भवनमा एमाले संसदीय दलको उपनेता सुवास नेम्वाङले १४ जना सांसदलाई कारवाही गरेको सूचना टाँस गरेर निकाले एमाले लचक हुनसक्ने बताए । उनले सूचना टाँस गरेपछि सहमतिको एउटा आधार बन्न सक्ने तर्क गरे ।

नेम्वाङले प्रतिपक्षीले लगातार सदन अवरुद्ध गर्दा पनि सत्तापक्ष र सभामुखले पेल्न खोजेको र संवाद नचाहेको आरोप लगाए ।

प्रतिक्रिया