सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७८, शुक्रबार ०५:३०

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट बढाइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

यस्तै, एमसीसीका तर्फबाट बुधबार आएको जबाफको विषयमा छलफल गरेर साझा धारण बनाउन लागिएको शीर्ष नेताहरुको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।

बैठक मुख्यगरी एमसीसी, सरकार विस्तारकै विषयमा केन्द्रित रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्नुअघि बिहीबार बिहान प्रचण्ड, नेपाल र यादवबीच हात्तीवनमा छलफल भएको थियो ।

प्रतिक्रिया