के हो तिजको महत्व ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७८, बिहीबार ०६:४३

प्रत्येक वर्ष भाद्रशुक्ल द्वितीया देखि पञ्चमीसम्म मनाइने तिज पर्व धार्मिक, सांस्कृतिक एवं सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । केहीवर्ष अघिसम्म आर्यन र हिन्दू महिलाले मात्रै मनाउने तिज हिजोआज राजधानीका नेवार, गुरुङ, राई, लिम्बू लगायतका महिलाले पनि मनाउन थालेका छन् । असार–साउनको खेती लगाइसकेपछि विवाह भएर पराई घर गएका छोरीचेलीको थकान मेटाउन माइत जाने, मीठो मसिनो खाएर रमाइलो गर्ने अनि व्रत बस्ने परम्परा पनि बदलिन थालेको छ ।

तिज नारीहरूले सौभाग्य र समृद्धिका लागि धार्मिक परम्पराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने चाडका रूपमा पनि प्रचलित छ । यो पर्वमा विवाहित हिन्दू महिलाहरू पतिको दीर्घायू, घरपरिवारमा सुख समृद्धि एवं सफल दाम्पत्य जीवनको कामना गर्दै व्रत बस्छन् भने अविवाहिहरू असल जीवनसाथीका लागि व्रत बसेको पाइन्छ । यो पर्वमा सौभाग्य सामग्रीहरू छड्के तिलहरी, सिन्दुर, राता पहँेला पोते एवं सोही रंगका पहिरनमा सजिएर शिवालय धाइरहेका हुन्छन् । हरितालिका तिजका रूपमा चर्चित यो पर्वमा अघिल्लो रात दर खाएर भोलिपल्ट निराहार व्रत बस्ने चलन छ ।
तर, यो बर्षको तिज कोरोना भाइरस कोविड १९ का कारण अघिल्ला बर्ष झै रौनक भने कम देखिए को छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१