तीजः मुख्य मन्दिर नखुले पनि पाशुपत क्षेत्रमा जान पाइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७८, बिहीबार ०६:३८

काठमाडौं । हिन्दु नेपाली महिलाहरुको महान चाड तीजको आज महत्वपूर्ण दिन । आजको दिन ब्रत बसेर भगवान शिवको पुजा अर्चना गर्ने धार्मिक परम्परा रहेको छ ।

निरहार तथा फलहार ब्रत बसेका महिलाहरु दिनभरि भगवान शिवको पुजा आरधना गर्दै नाचगान गरी तीज मनाउँछन ।

आज देशभरका शिवालयहरुमा मेला लाग्ने गर्दछ । त्यस्तै आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि ब्रतालुहरुको ठूलो घुइँचो लाग्छ । तर यस पटक भने कोरोना संक्रमणको जोखिम कायमै रहेकाले पशुपतिनाथ मन्दिर खुल्ला गरिएको छैन ।

मुख्य मन्दिर खुल्ला नगरिए पनि पाशुपत क्षेत्रका अन्य स्थानहरुमा पुजा अर्चना गर्न सकिने पशुपति क्षेत्र विकाश कोसले बताएको छ ।

पाशुपत क्षेत्रमा आउँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्नलगायतका स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गर्न कोषले आह्वान गरेको छ ।

कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको हो ।

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले तीज व्रतको भोलिपल्ट अर्थात भदौ २५ गते शुक्रवारदेखि मात्रै पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ ।

पशुपतिनाथबाहेकका देशका अन्य धेरै मन्दिरहरु खुल्ला भएकाले तीजका ब्रतालुहरुलाई केही सहज भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१