मान सरोवर नाका प्रभावित हुदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ आश्विन २०७१, आईतवार १३:०२

काशीराम शर्मा

???????? नेपालगन्ज–सिमीकोट हुदै  कैलाश मान सरोवरको यात्रा गर्ने पर्यटकको सङ्ख्या घटेको छ । यस वर्ष तिन सय तीर्थालु तथा पर्यटक नेपालगन्ज–सिमीकोट हुँदै कैलाश मान सरोवर पुगेका छन् ।

विगतका वर्षमा नेपालगन्ज– सिमीकोटको हँुदै जाने पर्यटक तथा तीर्थालुहरु १२ सयसम्म पुग्ने गरेको पर्यटन व्यवसायी बताउँछन् । प्रत्येक वर्ष ठुलो सङ्ख्यामा भारतीय तीर्थालुहरु मान सरोवर जाने गर्दछन् । मान वसरोवरसम्म तीर्थालु र पर्यटकहरुलाई पु¥याउने हिल्सा टुर्स एन्ड ट्राभलका प्रबन्धक विष्णु रावत चिनले ढिलो प्रवेशाज्ञा (भिसा) दिएकाले सङ्ख्या घटेको बताउँछन् ।
‘‘गत वर्ष १२ सयसम्म पुगेका थिए, अहिले ३ सय मात्रै भयो,’’ रावतले भने ‘‘चिनले ढिलो र छानेर मात्र भिसा दियो ।’’ घोडा वर्ष भएका कारण चिनियाँ पर्यटक नै धेरै मान सरोवर जाने भएकोले भारतीयलाई कम भिसा दिएको प्रबन्धक रावतको भनाइ रहेको छ । ‘‘मान सरोवरमा चिनियाँ पर्यटकहरुको लागि १२ वर्षमा एक पटक मेला हुन्छ, त्यो यही वर्ष प¥यो, भिड थाम्न नसक्ने भएर थोरैलाई भिसा दिएको हुनुपर्छ,’’ व्यवसायी रावत भन्छन् ।
यता भारतबाट सोझै मान सरोवर जाने बाटो खोल्ने कुराले नेपालको पर्यटन उद्योगमा ठुलो असर पार्ने व्यवसायीहरु बताउँछन् । ‘‘उताबाट छोटो हुने भएपछि भारतीयहरु किन यताबाट आउँछन्, त्यसले हाम्रो व्यवसाय मात्र होइन नेपाल भित्रिने ठुलो राजस्व नै घट्छ,’’ व्यवसायी रावत भन्छन्, ‘‘भरिया, होटल व्यवसायी सबैलाई असर गर्छ ।’’ भारतको राजधानी दिल्लीबाट मान सरोवर पुगेर फर्किन १ लाख ५० हजार भारतीय रुपैयाँको प्याकेज रहेको छ ।
पर्यटन व्यवसायी रावतका अनुसार दिल्लीबाट काठमाडाँै जहाजमा आउने, काठमाडौँको पशुपतिनाथ लगायतका तीर्थस्थल घुम्ने र त्यहीँ एक रात बस्ने, यसपछि नेपाल आउने, नेपालगन्जमा बागेश्वरी दर्शन गर्ने अनि हुम्लाको सिमिकोटबाट जहाजमा जाने, यसपछि सिमिकोटबाट हिल्सासम्म हेलिकप्टर जाने व्यवस्था गरिएको छ । हिल्साबाट भने गाडीमा ३ दिन यात्रा गरेपछि मान सरोवर पुगिन्छ । समी टे«र्डस, कैलास जर्नी, श्रेष्ठ होलिडेज, ऋचा ट्राभलले मान सरोवरमा तीर्थालु लाने गर्दछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१