तिजमा घाम लाग्छ कि पानी पर्छ ? यस्तो भन्छन् मौसमविद्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७८, बुधबार ०५:५३

काठमाडौं । बिहीबार अर्थात् २४ भदौमा हरितालिका तिज मनाइँदैछ । त्यसको अघिल्लो दिन बुधबार दरखाने प्रचलन नारीहरूमा छ । अघिल्लो वर्ष कोभिड(१९ कै कारण जमघटसहित तिज मनाउन पाइएन, यो पटक पनि कोभिड १९ कै जोखिम छ ।

यद्यपि, तिजमा ब्रत बस्ने, एकाघर परिवारमा रमाइलो गर्दा समस्य नहुने जनस्वास्थ्यविद्हरूले बताएका छन् ।

अर्को चिन्ता छ( आइतबार साँझबाट मौसम प्रतिकूल बनेपछि यो पटकको तिज पनि हिलोमय हुने त होइन ? आइतबार रातिकोजस्तो ठूलो वर्षा नभए पनि सोमबार राति पानी परेको छ ।

मंगलबार बिहान काठमाडौंसहितको आकाशमा बादल लागेको छ( प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनीका एकरदुई स्थानमा मेघगर्जन, चट्याङ्सहित भारी वर्षाको सम्भावना छ ।

बुधबार र बिहीबार दिउँसो भारी वर्षाको सम्भावना नभए पनि बादल लागिरहने र बेलाबेला पानी पर्नसक्ने उनले बताए । जसले तिजको पूजाआजा गर्न मठमन्दिर हिँडेका नारीलाई असर गर्नसक्छ( सडकमा हिलो बढ्न सक्छ ।

हाल नेपालमा बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभाव छ भने पश्चिम नेपालमा मनसुनी न्यून चापीय रेखाको असर छ । उक्त रेखाका कारण सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी र गण्डकीका पश्चिमी भेगमा वर्षाको सम्भावना छ । हाल तराई नजिक रहेको मनसुनी रेखा उत्तर(पूर्व सर्दै गएमा अझ वर्षा हुनसक्ने आँकलन मौसमविद्ले गरेका छन् ।

‘बर्खामा पानी नपर्ने भन्ने हुँदैन । बादल लाग्ने, पानी पर्ने त भइरहन्छ,’ मौसमविद् सापकोटाले न्युज कारखानासँग भने, ‘यसले हिलो त पक्कै बनाउँछ नै तर आइतबार रातिको जस्तो ठूलो वर्षा भइहाल्ने देखिँदैन ।’

तर, तिजको दिन अर्थात बिहीबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र अन्य प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जसको असर काठमाडौं उपत्यकामा पनि पर्ने मौसमविद् सापेकाटाले उल्लेख गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१