प्रचण्डले भने- ‘एमसीसी पास हुँदैन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७८, बुधबार ०५:५०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने बताएका छन् ।

मंगलबार योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी पास नहुने घोषणा गरेका हुन् ।

कार्यक्रमा प्रचण्डले भने, ‘एमसीसी पास हुँदैन । हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन ।’

‘ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

पाँच दलीय गठबन्धन सरकारको प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउन सक्रिय भइरहेकै बेला गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने एमसीसीबारे फरक धारणा आएको छ ।

एमसिसी उपाध्यक्ष फतिमा सुमार यसबारे सरकारी अधिकारीसँग छलफल गर्न नेपाल आउँदैछन् । उनी नेपाल आउनै लाग्दा प्रचण्डले एमसीसी पारित नहुने अभिव्यक्ति दिएपछि तरंग आएको छ ।

सरकारले विज्ञप्ति जारी गरेर नै एमसिसी र भारतको विरोध नगर्न चेतावनी पनि दिइसकेको छ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी ५० करोड डलरको परियोजना हो । यो सम्झौता भएपनि संसदबाट पारित नभएसम्म कार्यान्वयन हुँदैन । तर, संसदबाट पारित गर्ने सवालमा विवाद जारी छ ।

प्रतिक्रिया