सुन्दर तथा आकर्षक देखिनु सजिलो छैन : ज्याकलिन फर्नाडीस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७८, सोमबार १८:४४

बलिउड अभिनेत्रीहरु कसरी आकर्षक देखिन्छन् ? उनीहरु के खान्छन्, कसरी खान्छन्, के गर्छन् यावत् कुरामा चासो हुन्छ ।

केही समयअघि अभिनेत्री सोनम कपुरले सेलिब्रेटीहरुको चमकदमकबारे आफ्नो अनुभव साझेदार गरेकी थिइन् । उनको भनाईको सार के थियो भने, खासगरी सेलिब्रेटीहरुले आफ्नो सौन्दर्यको बढी नै ख्याल गनुपर्ने हुन्छ । स्त्रिmनमा आफ्नो रुपरंग आकर्षक देखाउनका लागि हदै सम्मको मेहनत गर्नुपर्छ । संयमित दिनचर्या, खानपान र व्यायाम जस्ता थुप्रै कुरामा सर्तकता अपनाएर सुुन्दरता बढाउन सकिने उनको बुझाई थियो ।

यस्तै अनुभव साझेदार गरेकी छिन्, अभिनेत्री ज्याकलिन फर्नान्डिसले ।

श्रीलकाली मुलकी ज्याकलिन हेर्दा जति सुन्दर देखिन्छिन्, त्यति नै आर्कषक पनि । तर त्यो आर्कषणलाई जोगाईराख्नु ज्याकलिनका लागि पनि त्यति सजिलो भने अवश्य छैन ।

किनकी आफूलाई सुन्दर आर्कषक तथा टिपटप राख्नकै लागि ज्याकलिनलाई मात्र हैन । उनीजस्ता नाम चलेका सेलेवि्रटिजहरुलाई कयौ जतन गर्नुपर्छ । आˆनो आनीबानी देखि आˆनो दैनिक जीवनशैलीसम्मलाई परिवर्तन गर्नुपर्छ ।

तर, कतिपय अवस्थामा सुन्दर देखिन्छु भनेर मात्र पनि हुँदैन । सुन्दर देखिनका लागि अनुहार पनि सुन्दर हुनुपर्छ । सुन्दरतालाई निर्खाने कला पनि हुनुपर्छ । नयाँ नयाँ स्टाइल छान्ने देखि नयाँ नयाँ स्टाइललाई समेत अपनाउनु पर्दछ । तब मात्र एउटा अभिनेत्री तथा मोडेलले आˆनो लाखौ फ्यानहरुको मनमस्तिष्कमा डेरा जमाउन सक्दछ ।

आखिर ज्याकलिनले भने त्यस्तो के गर्छिन् जसका कारण उनको सुन्दरतामा कमी आउनुको सट्टा झन् झन् बढ्ने गर्छ ? ज्याकलिनको सुन्दरताको राज ज्याकलिनकै मुखबाट :

दिनको सुरुवात

ज्याकलिन आˆनो दिनको सुरुवात मनतातो पानीबाट गर्छिन् । मनतातो पानीमा एप्पल सीड भिनेगरलाई मिसाएर पिएर उनको दिनको सुरुवात हुन्छ । त्यसपछि करिब आधा घण्टा व्यायाम तथा मेडिटेसन सहितको योगा गर्ने ज्याकलिन विहानमा प्रायः हल्का नाश्ताको साथमा ग्रीन टी पिउँछिन् ।

फिटनेस

ज्याकलिन आफ्नो फिटनेसमा विशेष ध्यान दिन्छिन् । उनी यस्तो व्यायाम गर्न मन पराउँछिन्, जुन गर्दा उनलाई रमाइलो महसुस होस् । उनी हप्ताा करिब तीन पटक स्वीमिङ्ग गर्छिन् । साथै, मौका मिल्नासाथ डान्स पनि गर्छिन् । डान्स गर्न ज्याकलिनलाई असाध्यै मनपर्छ । उनी सोच्छिन्, डान्स गर्नु आफैमा एक किसिमको व्यायाम हो । यसका साथै, उनी धेरै भन्दा धेरै हिड्न मन पराउँछिन् । साथै, मौका मिलेसम्म जिममा वर्कआउट गर्न भने पक्कै छुटाउँदिनन् ।

छालाको हेरचाह

आˆनो छालालाई स्वस्थ राख्न ज्याकलिन धेरै भन्दा धेरै मनतातो पानीको सेवन गर्छिन् । त्यसबाहेक, उनी दिनमा कम्तीमा एक पटक नरिवल पानीको सेवन गर्छिन् । ओठमा सकेसम्म लिपबामको सट्टा महको प्रयोग गर्छिन् । यद्यपी, ज्याकलिन आफ्नो पर्समा लिपबाम राख्न कहिल्यै छुटाउँदिनन् । किनकी ज्याकलिनको एउटा बानी भनेकै बारम्बार लिपबामको प्रयोग गर्नु हो । यसबाहेक, ज्याकलिन राती सुत्नु अगाडी ओभर नाइट सिरम इन आयलको प्रयोग गर्छिन् भने गर्मीको समयमा टिस्यू पेपरमा आइस क्युब हालेर अनुहारमा दल्ने गर्छिन् ।

कपालको हेरचाह

ज्यालिन आफ्नो छालाको मात्र हैन, कपालको पनि विशेष हेरचाह गर्छिन् । कपाललाई मुलायम तथा मजबुत बनाउनकै लागि ज्याकलिन हप्तामा दिन तताएको नरिवल तेल कपालमा हाल्छिन् । यसबाहेक, अण्डाको सेतो भागको प्याक बनाएर पनि कपालमा लगाउँछिन् । हप्तामा तीन दिन कपालको मसाज गर्नुका साथै हेयर प्रोटिनको प्रयोग गर्छिन् । साथै, कपाललाई मजबुती प्रदान गर्न दैनिक बदाम तथा ओख्खरको सेवन गर्छिन् ।

कलाकारहरुलाई सुटिङ्गका दौरान बेस्सरी मेकअप गर्नुपर्छ । तर कहिलेकाही त्यस्ता मेकअप अनुहारमा सुट नहुदाँ विभिन्न किसिमको समस्या हुने गर्छ । यस्ता कुरालाई ध्यानमा राखेर नै ज्याकलिन आफू अनुकल मेकअपहरुमात्र अनुहारमा प्रयोग गर्न मन पराउँछिन् । जस अनुसार ज्याकलिन आफ्नो अनुहार भन्दा तीन सेड गहिरो रङ्गको फाउण्डेशन मेकअपको रुपमा प्रयोग गर्छिन् । जसका कारण कुनै पनि कार्यक्रममा जादाँ मानिसहरुलाई उनको अनुहार सामान्य लाग्ने गर्छ ।

क्लोवर कन्टुरिङ

ज्याकलिनको अनुहार थोरै फुलेको आकारमा छ । साथै, चिकबोनको हड्डी पनि सही आकारमा छैन । परिणामस्वरुप अनुहारलाई सही आकार दिन ज्याकलिन आफ्नो अनुहारमा कन्टुरिङ्गका लागि ब्रोन्जरको प्रयोग गर्छिन् ।

व्लशर

ज्याकलिन ब्लसरको लागि आफ्नो लिपस्टिकको प्रयोग गर्छिन् । उनी आफ्नो लिपस्टिकलाई अनुहारमा लगाएर फैलाउने गर्छिन् । यसबाहेक , उनी लिपस्टिकलाई आइस्याडोको रुपमा पनि प्रयोग गर्छिन् ।

मस्कारा

ज्याकलिन आफ्नो अनुहारको सुन्दरतालाई कायम राख्न सधैभरी मस्कारालाई आˆनो पर्समा राख्ने गर्छिन् । किनकी ज्याकलिनको आँखा सानो भएका कारण उनको अनुहार प्राय चिम्सो देखिन्छ । जबकी आखामा मस्कारा तथा गाजँलको प्रयोगका कारण आखा ठूलो देखिने गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०