शिक्षा क्षेत्रमा भद्रगोल : उपाध्याय (अन्तर्वार्ता )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ आश्विन २०७१, आईतवार ११:२४

Jagat Upadhaya (1)

नेपालकै पुरानो विश्व विद्यालय नेपाल संस्कृत विश्व विदयलयमा अहिले ताला खुलेको अवस्था भन्न गर्भ गर्नु पर्ने अवस्था आएको छ । ७ महिनादेखि लगातार तालाबन्दी रह“दै आएको सो विश्व विद्यालय केही सातादेखि मात्र खुलेको छ । कर्मचारी नियुक्तीलाई लिएर पटपटक राजनीतिक दल पिच्छेका प्राध्यापक र विद्यार्थीले तालाबन्दी गरेर सो विश्व विद्यालयलाई अस्तव्यस्त बनाएका छन । हालै सो विश्व विद्यालयको ताला खुलेको छ । सो विश्व विद्यालयका कुल सचिव (रजिस्ट्रार) जगत उपाध्ययस“ग काशीराम शर्माले गरेको कुराकानी :

विश्व विद्यालयको अवस्था के छ ?
अहिले रामै्र छ, तालाबन्दी खुलेको छ । कुनै पद खाली हुने वित्तिकै बैचारिक प्राध्यापक सङ्घ र विद्यार्थी सङ्घ सङ्गठनको आँखा परि हाल्छ । २०७० साल माघमा विश्व विद्यालयको अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक र परीक्षा नियन्त्रक पद खाली भयो, । दुबै पदमा आफनो सिफारिसको मान्छेले भर्ना पाउनु पर्छ भन्दै प्रजातन्त्रवादी प्रध्यापकहरुले तालाबन्दी गरे । धेरै चरण वार्ता पछि परीक्षा नियन्त्रक प्रजातन्त्रवादीकै सिफारिसमा नियुक्त गरियो , फेरि त्यसको विरोधमा नेकपा माओवादी समर्थक प्राध्यापक र विद्यार्थीहरुले ३ महिना सम्म तालाबन्दी गरे । अहिले भने ताला खुलेको अबस्था छ । तालाबन्दी खुलेपछि प्राज्ञिक परिषद् बैठक र बजेट सभासम्म गर्न पाइयो । अहिले ताला खोलिएपछि विश्व विद्यालयका शैक्षिक तथा प्रशासनिक कामलाई तीव्र गतिमा अगाडि बढाएका छौँ ।

संस्कृत शिक्षाप्रति आकर्षण घट्दै गइरहेको छ नि ?

संस्कृत शिक्षालाई बाहुनको मात्र हो भन्ने सोचाइ रहेको छ । संस्कृत शिक्षा एउटा जातिसँग जोडेर साँघुरो दृष्टिबाट हेर्ने परिपाटीलाई हटाउन कै लागि हामी लागि रहेका छाँै । सबैको विश्व विद्यालय बनाउनको लागि नै संस्कृत अध्ययन केन्द्रको प्रमुखमा जगमान गुरुङलाई नियुक्ति गरेका छाँै । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु सांस्कृतिक विशिष्टता भएको मुलुक भएकोले सबै जातजातिका भाषा, सहित्य, कला, दर्शन, इतिहास, संस्कृतिको अध्ययन अुनसन्धान गराउने उद्देश्यले राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र समेत स्थापना भएको छ । नेपालमा संस्कृतको आकर्षण घट्नुको प्रमुख कारण शैक्षिक क्षेत्रमा रहेको बेथिति हो । अमेरिका, जर्मन जस्ता मुलुकमा संस्कृत विश्व विद्यालयको ठुलो आकर्षण रहेको छ ।
नेपाल संस्कृत विश्व विद्यालयका नयाँ कार्यक्रमहरु के–के छन् ?
दाङमा थारु र धरानमा लिम्बु भाषा साहित्यको पठन पाठन प्रारम्भ गर्ने प्रक्रियामा छौँ । साढे २२ करोडको लागतमा दाङमा आर्युवेद क्याम्पसको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विज्ञानमा उच्च माध्यमिक शिक्षा हासिल गरेका विद्यार्थीले आर्युवेद पढ्न पाउने छन् । विश्व विद्यालयलाई अन्तराष्ट्रिय स्तरमा स्थापित गर्ने गराउने उद्देश्यले अन्तराष्ट्रिय सम्बन्ध महाशाखाको स्थापना गरिएको छ । १५÷१६ वर्षदेखि पाठ्यक्रम परिमार्जन हुन नसकेकोमा हाल परिमार्जनको कार्य आरम्भ गरिएको छ । ४ बर्से शास्त्रीको पाठ्यक्रम निर्माण कार्य अघि बढेको छ । योग तथा प्राकृतिक चिकित्सा, नाट्य सङ्गीत, पुराण, ज्योतिष, धर्मशास्त्र, मानवमुल्य मान्यता जस्ता विषयमा अल्प कालिक र मध्य कालिक पाठ्यांश तर्जुमा गरेर सशुल्क परीक्षणमुलक कक्षा सञ्चालन गर्न नीतिगत निर्णय गरिएको छ । विश्व विद्यालयको प्रशासनिक, शैक्षिक सुधार गर्न अनुगमन समिति गठन गरी अनुगमन र निरीक्षणलाई प्रभावकारी बनाइँदै लगिएको छ । प्रशासनिक सुधार तर्फ बेरुजु फस्र्यौटमा अभुत पूर्ण सफलता हासिल गरिएको छ । गत आर्थिक वर्षमा शिक्षा मन्त्रालय अन्र्तगत सबै भन्दा कम बेरुजु भएको संस्थाको रुपमा संस्कृत विश्व विद्यालयले प्रतिष्ठा हासिल गरेको छ । केन्द्रीय कार्यालय रहेको बेलझुन्डी दाङमा ३५÷४० वर्ष देखि मर्मत हुन नसकेका ७ वटा भवन मध्ये ५ वटा भवनहरुको पुनः संरचना सहित जिर्णोद्धार गरिएको छ । विश्व विद्यालयको सुरक्षाको लागि प्रहरी चौकीको स्थापना गरिएको छ, बैङ्किङ कारोबारको लागि बैङ्क समेत स्थापना गरिएको छ । आयविहीन अवस्थामा रहेको जग्गालाई प्रतिस्पर्धाका माध्यमबाट ठेक्का लगाई आय बृद्धि गरिएको छ । विश्व विद्यालयको भौतिक सम्पतिको चोरी निकासीलाई नियन्त्रण गर्न काठ, दाउरा, आँप आदि प्रतिस्पर्धाको आधारमा नियम सङ्गत ढङ्गले विक्री बितरणको व्यवस्था समेत गरिएको छ । शैक्षिक, प्रशासनिक, भौतिक रुपमा नेपाल संस्कृत विश्व विद्यालयले विगतको सापेक्षतामा उल्लेख्य कार्य गरि रहेको छ ।
यति सुधारका काम हँुदा हुँदै पनि किन विश्व विद्यालयमा यसरी तालाबन्दी हुन्छ त ?
राजनीतिक दल आबद्ध प्राध्यापक, विद्यार्थीको स्वार्थको कारण विश्व विद्यालयमा हडताल, बन्द हुने गरेको छ । पदपुर्ति गर्दा आफ्ना मान्छे भर्ती भए नभएको विषयमा नै वैचारिक प्राध्यापक सङ्घ, सङ्गठन र विद्यार्थी सङ्घ, सङ्गठन तालाबन्दी हडताल गर्दै आएको इतिहास छ । अहिलेको अवस्था पनि त्यही नै हो । शैक्षिक मुद्दामा भन्दा आफना मान्छे नियुक्त नभएकै विषयमा तालाबन्दी, बन्द र हडताल हुने गरेका छन् । शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप व्यापक छ । यसले शैक्षिक सुधारमा नराम्रो असर गरेको छ ।

उच्च शिक्षाका लागि विदेश पलायन हुनमा राजनीतिक हस्तक्षेप नै प्रमुख कारण हो ?
बन्द, हडताल र तालाबन्दीका कारण गुण स्तरीय शिक्षाको सुनिश्चिताको नभएकाले उच्च शिक्षाको लागि नेपाली विद्यार्थी विदेसिन बाध्य छन् । बर्सेनी १ खर्ब नेपाली रुपैयाँ उच्च शिक्षाको नाम नेपालबाट विदेसिरहेको छ । शिक्षाको नाम नेपालको ठुलो राशी पुँजी पलायन भएको छ । ९ वटा विश्व विद्यालय स्थापना भएपनि गुण स्तरीय शिक्षा दिन नसक्दा नेपाली प्रतिभा रोक्न सकेका छैनाँै ।

विश्व विद्यालय.यति धेरै हाम्रो देशमा आवश्यक छ त ?

त्रिभुवन विश्व विद्यालयको भार घटाउन बहु विश्व विद्यालयको अबधारणा ल्याइए पनि त्यो सार्थक हुन नसकेको छैन । त्रिविमा भार त्यस्तै छ । मेरो विचारमा त नेपालमा यति धेरै विश्व विद्यालय आवश्यक नै थिएन् । खुलेका नयाँ विश्व विद्यालयको अवस्था समेत जर्जर छ । स्थापनासँगै नयाँ विश्व विद्यालयहरुमा वेथिति जन्मिएको छ । सबै विश्व विद्यालयको अवस्था उस्तै छ । हडताल, बन्द, तालाबन्दीले सबै विश्व विद्यालय प्रताडित छन् । बेथिति, भष्ट्राचार र अनियमिता बढेको छ ।
विश्व विद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारि रहेको विषयलाई के भन्नु हुन्छ ?
अख्तियारको समय समयमा हुने अनुगमनले सकारात्मक प्रभाव पार्छ । विश्व विद्यालयहरुमा अख्तियारको नियमित अनुगमन हुनु पर्छ । नेपालको संविधान र ऐन कानुनले दिएका दायित्व र कर्तव्यको आधारमा नै अख्तियारले हाम्रा जस्ता संस्थामा अनुगमन गरेको हो । मेरो विचारमा त वर्षमा कम्तीमा दुई पटक अनिवार्य रुपमा अुनगमन हुनुपर्छ, यसले विश्व विद्यालयलाई सुधार गर्न व्यवस्थापन र नेतृत्वलाई सहयोग नै हुन्छ । दोषीलाई कारवाही र निर्दोषलाई सफाइ पनि दिनु पर्छ । ईष्र्या, डाहाको आधारमा गरिने बेनामी उजुरीलाई आधार बनाएर अनुगमन हुनु चाहिँ राम्रो होइन । जलन, मिथ्या, अनर्गल आरोप लगाएर दुख दिने काम भने हुनु हँुदैन् । अख्तियारलाई सबैको सहयोग रहनेछ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१