सेक्स, तनाव र समस्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७८, बुधबार १८:३१

हिक्मत डंगोल । अहिले समाज छिटो–छिटो परिवर्तन भैरहेकोले सबैतीर तनाब छ । पारिवारिक तनाव, अत्याधिक थकान, दुःख, शोक, बिछोडको पीडा, आकर्षक, व्यापारिक तनाव, अनुचित योन सम्बन्ध, शारिरिक बिरामी, सम्भोग पूर्व स्खलन र यौनिक असन्तुस्तीका कारण मन सधैँ आशांकित र भ्रमित हुने गर्दछ । तपाईको पत्नी शयनकक्षमा मौन आमन्त्रण गरिरहेकी हुन्छिन् । तपाई यो सुनौलो मौका गुमाउन चाहनु हुन्न । तर दिउँसो अफिसमा बोशसँग सानो कुरामा भनाभन भएकोले आफ्नो बोसले नराम्रो हप्काएको बारेमा सोचेर मन दिक्कलाग्दो र खिन्नता महसुस हुन्छ । यसको साथै बच्चाहरुको स्कूलको शुल्क समयमै तिर्न नसकेको, आमा र पत्नीको झगडा व्यापारमा घाटा भएको यस्ता अनेक बाधाले मष्तिष्कमा तनाब भरिदिन्छ ।
जसले गर्दा पत्नीसँगको यौनजीवन दुर्घटित हुन पुग्दछ । यसले तपाईको कामोतेजनामा रुकावत मात्र पैदा गर्दैन, बरु यसले कामसुखका लागि सुखद वातावरण सृर्जना गर्ने काममा बाधा पैदा गर्दछ ।
प्रसिद सेक्स थेरापिष्ट डा.जियना मिसेल भन्छिन– “तनाव नै यौनमुखका लागि ठुलो रोकावट हो । तनावले नै व्यक्तिको जीवनमा कामखुशमा धेरै नराम्रो प्रभाव पार्दछ । तनावको बेला मानसिकता बोझले भरिएको छ भने यस्तो अवस्थामा यौनसम्पर्क नगर्नु नै बेस । त्यो अवस्थामा यौनसम्पर्क गर्दा कोशिकाहरु संकुचन हुन्छ भने पुरुषको लिंग निस्क्रिय भएको हुन्छ । जसले गर्दा पत्नीले न त चरमसुख नै प्राप्त गर्दछ यो त तृप्त नै रहन्छे ।”
तनावको कारण ः
डा. जियना मिसेल भन्नुहुन्छ ः “भीड र भागदौड, चिन्ता, आत्तिनु, हतारिनु र दुःख यस्ता मनोबेगहरु हुन जसले कामक्रियामा नराम्रो असर पर्दछ । लगातार पारिवारिक तनाव, मानसिक तनाव शारीरिक तनाव सामाजिक तनाव, आर्थिक तनाव र व्यवसायिक तनावले पुरुषको सेक्स हर्मोनमा कम गरिदिन्छ । र रगतमा एड्रेनेलिन हर्माेनको स्तर बढ्न जान्छ । यही एडे«नेलिन बढ्न जाँदा रगत प्रवाहमा रोकावट गरिदिन्छ । तनावको कारण उत्तेजना केन्द्र सिथिल हुन्छ जसले गर्दा मांसपेसीहरुमा संकुचन पैदा गरिदिन्छ । लिंगको नसाहरुमा हुने रक्त प्रवाहमा कमि हुन पुग्दछ । फलस्वरुप लिंगमा कडापन आउँदैन ।
यौनशास्त्री ज्याक विथफिल्डका अनुसार पुरुषहरु यौन तनावलाई सहन सक्दैन । यो उसकोे अनौठो प्रवृति हो । यसलाई दिवास्वप्न पनि भन्न सकिन्छ । यौन सन्तसष्टिको अभावमा दुबै पति पत्नि तनावग्रस्त हुन्छन् । अतृप्त यौनकुण्ठा बाट दुबैलाई उच्च रक्तचाप र अनिन्द्रा जस्त रोगले सताउने गर्दछ । अर्काेपाटो स्त्रीहरु ढिलो रुपमा उत्तेजित हुन्छन् । कुनै बेला पति स्खलित भइसक्दा पनि पत्नीमा उत्तजना बढेको हुदैन । उसले गर्दा दाम्पत्य जीवन प्रभावित हुन पुग्दछ ।
यौनशास्त्री न्याक अगाडि भन्छन –“पति र पत्नीले षैनलाई तालमेल कायम गर्न सकिएन भने सेक्स इच्छामा कमी, हीनताबोध, जीवनदेखि निरास हुनु आदि शारीरिक लक्षणहरु देखा पर्दछ । यसले पछि डिप्रेसनमा बदलेपछि सेक्स लाइफ भताभुंग हुन थाल्दछ ।”
अर्काे यौनविद डा.टेम्पथा फ्रिल्यान्ड भन्छिन–“दुबैलाई मानसिक तानवकाट डिप्रेसनमा गए असफल यौनलाई कुनै पनि औषधिले निको पार्न सकिदैन । आफैले आफुलाई सम्हाल्न सक्नुपर्छ । तनावको सामना गर्न सिनुपर्छ । कारणहरु पत्ता लगाउनुहोस । त्यसपछि मात्र हराएको यौनलाई जगाउन सकिन्छ ।”
सेक्सलाई अनियमिता गर्नुहोस ः
यदि लामो समयसम्म पति पत्नीवीच सेक्स भएन भने थुप्रै प्रकारको रोगबाट पीडित हुन पुग्दछ । प्र्रसिद्ध अमेरिकी यौनविद डा.अल्फ्रेड सान भन्छन–“यौनलाई प्रत्येक हिनको रुपमा रुटिन बनाउनु पनि गलत हो । बढी यौन सम्पर्कले यौनमा आनन्द आउँछ । सेक्स लाइफ छिटो सकाउने क्रिया बन्द हुन्छ । सेक्सलाई सधैं अनियमित गर्नुपर्छ । २÷३ दिनसम्म लगातार सेक्स गर्नुहोस अनि त्यसपछि विश्राम गरिदिनुहोस । विश्राम पछि जाग्ने मौन आनन्द अति नै आनन्ददायक हुन्छ ।”
फाइयोसिसः
अत्याधिक एक्लोपन बेचैनी मानसिक तनाव यौनकुण्ठा चिन्ता र शोकबाट नै पुरुषलाई डिप्रेसनबाट फाइर्मोसिस हुन पुग्दछ । कुनै पुरुषलाई फाइर्माेसिस भएको छ भने उनले आफ्नो पत्नीसँग यौन सम्बन्ध बदाउन सक्दैन । फाइर्मोसिस हुँदा पुरुष्को लिंग खुम्चिएर छोटो हुन पुग्छ । यदि कुनै पुरुषले यौन सम्पर्क गर्दा उनलाई लिंगमा पीडा हुन पुग्दछ । यसमा डा.यौनविद करि सिगर भन्छन–“फाइर्माेसिस भएमा पुरुष उत्तेजित भए पनि लिंगमा पुरै रक्त संचार हुन पाउँदैन त्यसैले लिंगमा पीडा हुन थाल्छ । यस्तो समस्या उत्पन्न भएमा तुरुन्तै यौन विशेषज्ञ डाक्टरलाई देखाएर सल्लाह लिनुपर्छ । पुरुषले नियमित रुपमा लिंगको त्वचामा सरसफाई गरिरहनुपर्छ । नगरेमा दुर्गन्धित भएर इन्फेक्सन हुन जान्छ । मुत्र त्याग समस्या हुन्छ ।”
नपुुंसकताः
बैवाहिक जीवनलाई तहस–नहस पार्ने एउटा समस्या हुन नपुंसकता । विवाहपछि आफ्नो दाम्पत्य जीवनलाई सुमधुर सम्बन्ध यौन सम्बन्धी बाट नै आनन्ददायक बनाउँछ । तर उनीहरुमा सेक्स सम्बन्धी केही समस्याले गर्दा उनीहरुको दाम्पत्य जीवनमा मनमुटाप शुरु हुन्छ । जस्तै नपुंसकता पनि यस्तो समस्या हुन जसले पुरुषको आनन्ददायक जीवनलाई पूर्ण बिराम लगाउँदछ । पुरुषहरु एकपटकको सेक्स असफलताबाट आफ्नो मानसिक सन्तुलन गुमाउँछन । उनीहरु नपुंसकता भ एभनेर तनावग्रस्त जीवन बिताउँछन् । यसमा यौन विशेषज्ञ डा.जोनसन वासिङरन भन्छन ः“यौन शक्तिको कमि जुनसुकै उमेरमा पनि हुनसक्छ । तर यसमा तुरुन्तै डराई हाल्नु पर्दैन । नपुंसकता हटाउने अनेक उपायहरु छन । जसलाई अपनाएर यौन आनन्द लिन सकिन्छ । यो कुनै शारीरिक विकृति हैन । नपुंसकताको धेरै कारणहरु छनः– जस्तै, यौनअंगमा गडबडी वीर्यमा शुक्राणुहरुको अभाव र पूर्ण उत्तेजित नहुनु आदिका कारण पुरुषमा नपुंसकताको समस्या उत्पन्न हुन्छ ।
अर्काे यौनविद ढा मेन्डालिन वाल्कर भन्छिन ः“ तनाव, मानसिक थकाई, धुम्रपान, मद्यपान र स्नायु तन्त्रमा गडवडी तथा हर्मोनिको असन्तुलनका कारण लिंगमा उत्थान हुदैन । जसले गर्दा कुनै पुरुषले राम्ररी यौन सम्पर्क गर्न सक्दैन । यसै गरी वीर्यमा पनि शुक्राणुहरुको अभाव भयो भने पनि सन्तान अत्पादन गर्न सक्षम हुदैन । यमा विभिन्न जाँचहरु गरी नपुंकिताको कारण पत्ता लगाएर मात्र उपचार गरिन्छ । यसमा प्रथम त मानसिक उपचार गरिन्छ भने दोस्रोमा सही जानकारी दिएर मात्र समस्या समाधान गर्छन ।”
स्रोत ः “द नेशनल इस्टिच्युट अफ हेल्थ”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१