एमाले र जसपाका जनप्रतिनिधिले भदौ १५ देखि २२ गतेसम्म दल रोज्न पाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७८, सोमबार ०५:५२

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित जनप्रतिनिधिहरुले भदौ २२ गतेसम्म दल रोज्ने समय पाएका छन् ।

निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको हो ।

एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी गठन भएको थियो।

नयाँ दल दर्ता गरी प्रमाणपत्र समेत दिइसकेपछि निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रतिनिधिलाई भदौ १५ गतेदेखि २२ गतेसम्मका लागि दल रोज्ने समय दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले सम्बन्धित प्रदेश तथा जिल्लास्थित निर्वाचन कार्यालयमा गएर आफूले दल रोजेकोबारे जानकारी गराउन सक्ने जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१