एमालेका नयाँ मुख्यमन्त्रीकाे पदावधि एक महिना !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७८, आईतवार ०५:५८

काठमाडौं । नेकपा एमालेका नयाँ मुख्यमन्त्रीको पदावधि एक महिना मात्रै रहेको छ । हालै मात्र बागमती प्रदेशका नयाँ मुख्यमन्त्रीमा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् ।

उनीहरुको पदावधि एक महिना मात्रै रहेको छ । किनकी उनीहरुले एक महिनामा विश्वासको मत लिनु पर्ने हुन्छ । संसद् बैठकबाट नेपालको संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ । मुख्यमन्त्री बनेको ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिने पर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी संविधानको धारा (१८८) को उपधारा (१) अनुसार मुख्यमन्त्रीले कुनै पनि बेला आफुमाथि प्रदेशसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्न सक्ने छन् ।

उपधारा (२) अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने हुन्छ ।

No description available.
उपधारा (१) र (२) बमोजिम पेश भएको प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पुर्ण सदस्या संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ ।

बागमति प्रदेशको मुख्यमन्त्रीमा शाक्य भदौ २ गते नियुक्त भएकी थिइन् । पार्टी विभाजनबाट बचाउनका लागि निवर्तामान मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि उनी संविधानको धारा १६८(१) अनुसार बहुमतको आधारमा मुख्यमन्त्री चुनिएकी थिइन् ।

एमाले विवादका बीच गत भदौ २ गते बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएर शाक्यलाई दलको नेता बनाउन सिफरिस गरेका थिए । उनकै सिफारिसमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सर्वसम्मत रूपमा शाक्यलाई दलको नेता र बागमती प्रदेशको मुख्यमन्त्रीको रूपमा अगाडि सारेको थियो ।

यस्तै प्रदेश १ मा शेरधन राईले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएर प्रदेशको दोस्रो मुख्यमन्त्रीमा एमालेकै भीम आचार्य नियुक्त भएका थिए । एमाले विभाजनसँगै सत्ता संकट निम्तिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका हुन् । एमाले संसदीय दलको बैठकबाट आचार्यलाई दलको नेता चयन गर्दै मुख्यमन्त्री बनाउने निर्णय गरेपछि राईले राजीनामा दिएका हुन् ।

एमाले पार्टी विभाजनपछि प्रदेश १ र प्रदेश ३ मा सांसदहरूको तानातान सुरु भएको छ । सरकार जोगाउनका लागि सांसदहरू तानातान सुरु भएको हो ।

स्रोतका अनुसार प्रदेश १ का मुख्यमन्त्री आचार्यसहित सत्तापक्षका नेताहरू विभाजनपछि नयाँ पार्टीमा जाने सांसदलाई रोक्न मन्त्रीको अफर समेत दिएका छन् ।

यस्तै बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई पनि यतिबेला सरकार जोगाउन सकस परेको छ । कुल ५६ जना सांसदसति एमालेबाट बहुमतको सरकारको नेतृत्व गरेकी शाक्यलाई तत्कालीन माधव नेपाल समूहका सांसदहरुले साथ छोड्ने क्रम जारी रहेको पाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१