७१ प्रतिशतलाई फोक्सोको क्यान्सर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ आश्विन २०७१, आईतवार ११:१७

काशीराम शर्मा

बाँके १२  असोज । सुर्तीजन्य वस्तुको सेवनबाट मानव जीवनमा हुने प्रतिकूल प्रभावहरु मध्ये यसको सेवनबाट ७१ प्रतिशत फोक्सोमा क्यान्सर हुने तथ्य एक कार्यक्रममा जानकारी दिइएको छ । यसको सेवन गर्नेमा स्वास्थ्यकर्मीहरु पनि पर्याप्त मात्रामा देखिएको नेपालमा गरिएको एक अनुसन्धान सर्वेक्षणले देखाएको छ । Cancer_20131229081057

स्वास्थ्य विज्ञ डा।आमोद शर्माले सुर्तीजन्य वस्तुको सेवनबाट मानव जीवनमा हुने प्रतिकूल प्रभावहरुको बारेमा जानकारी दिँदै यसबाट ७१ प्रतिशत फोक्सोमा क्यान्सर, ४२ प्रतिशत श्वास प्रश्वास सम्बन्धी क्यान्सर र १० प्रतिशत मुटु सम्बन्धी रोग लाग्ने गरेको बताए । उनले नेपालमा स्वास्थ्य क्षेत्रमा काम गर्ने ३२ प्रतिशत दन्तरोग विशेषज्ञ, ३६ प्रतिशत फर्मासिस्ट र ३।२ प्रतिशत नर्शहरुले सेवन गर्ने गरेको एक अनुसन्धानमा देखिएको बताए ।
एक तथ्याङ्क अनुसार यसको सेवनबाट दैनिक ४६ जना र वार्षिक १५ हजार नेपालीको ज्यान गइ रहेको छ । स्वास्थ्य विज्ञ डा। शर्माले गर्दै नेपालको पश्चिम क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा हालै देखिएको सिक्केल सेल एनिमिया नामक रोगको बारेमा पनि सचेतना जगाइएको थियो ।
डा। शर्माले अफ्रिकाको काला जातिका मानिसमा २ सय वर्ष अघि देखिएको यो रोग नेपालका थारु जातिमा भने हालै देखिएको हुँदा यस बारेमा समयमै जानकारी लिएर सचेत हुनुपर्ने आवश्यकता औंल्याउनु हुँदै यो रोग अहिले अफ्रिकी मुलुक, साउदी अरेबिया, भारत, पाकिस्तान लगायतका मुलुकमा बसोबास गर्ने मानिसहरुमा बढी देखिएको छ ।
यो रोग पश्चिम नेपालको थारु जातिमा देखिए पनि अन्य जातिमा पनि छिटफुट रुपमा देखा परेको छ भन्दै यो रोग नेपालमा कहाँबाट र कसरी आयो रु भन्ने अझै पत्ता लागेको छैन डा. शर्माले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, पुस १०, २०८१