गएनन् एमाले बैठकमा बामदेव गौतम, राजीनामा दिने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७८, शुक्रबार ०५:४२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बामदेव गौतम अनुपस्थित भएका छन् । बिचार नमिलेको भन्दै गौतम बैठकमा सहभागी नभएका हुन् ।

च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको बैठकमा उनी यसअघि पनि अनुपस्थित थिए । स्थायी कमिटी बैठकमा समेत अनुपस्थित हुँदै आएका गौतम माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समेत आफू नरहेको बताउँदै आएका छन् ।

उनले केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१