२४ घन्टामा थपिए २,४८२ कोरोना संक्रमित, ४४ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७८, बिहीबार ०५:१८

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ४८२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ७११ आरटी पिसिआर र ५ हजार ५७९ एन्टिजेन गरी कुल १५ हजार २९० जनामा परीक्षण गरिएकोमा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट १ हजार ७८१ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ३ हजार ९६४ पुगेको छ । निको हुने दर ९३.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ४४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१