चन्द्रगिरीबाट नेता नेपालको आग्रह, छलकपटपूर्ण समाचारको भ्रममा नपराैं

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७८, मंगलवार ०५:३४

काठमाडौं । प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव नेपाल आफ्ना पक्षका नेताहरु सहित चन्द्रागिरी रिसोर्ट गएका छन् । उक्त पार्टीको केन्द्रीय समितिको बैठक बस्न भन्दै गएको उनको टोली आवासीय बैठक बसी फर्कने बताइएको छ ।

चन्द्रगिरी पुगेको नेपालले सोमबार राति समाजिक सञ्जाल मार्फत पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको भन्दै त्यस्ता छलकपटपूर्ण समाचारबाट भ्रममा नपर्न आग्रह गरेका हुन् ।

नेता नेपालले आफ्नो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पङ्क्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा अपील पनि गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१