माओवादी बैठकः नेताहरुको जिम्मेवारी तोक्ने र रिक्त पदपूर्तिका लागि गृहकार्य सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७८, आईतवार ०४:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी तोक्ने र रिक्त पदपूर्तिका लागि गृहकार्य सुरु गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाहरुको बारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

केहि दिन अघि सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले संगठनात्मक र रिक्त स्थानमा पूर्ति गर्न स्थायी कमिटीलाई जिम्मा दिएको थियो । केन्द्रीय कमिटीको निर्देशनका बिषयमा नै स्थायी कमिटी बैठकमा छलफल भएको र बैठक आइतबार पुन बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रले केन्द्रीय समितिमा सदस्य थप गर्दा समानुपातिक समावेशीताको आधारमा थप गर्ने निर्णय गरिसकेको छ । त्यस्तै बैठकमा पुष ११, १२ र १३ गने हुने राष्ट्रिय सम्मेलनका लागि स्थानीय तहसम्म अधिवेशन गर्न निर्वाचन निर्देशिका तयार गर्ने बिषयमा पनि छलफल भएको उनले बताए । आइतबार बस्ने बैठकले नेताहरुको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाका बिषयमा आवश्यक निर्णय लिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१