गाईजात्रामा देशभर सार्वजनिक विदा दिने सरकारको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७८, शुक्रबार ०५:४४

काठमाडौं । गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक विदा हुने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले भदौ ७ गते गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसको पुष्टि गर्नुभयो । यसअघि गाईजात्राको दिन काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा हुँदै आएको थियो । सरकारले भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यता, जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा, ऋषितर्पणी, गाइजात्रा लगायतका चाडपर्व भीडभाड नहुने गरी परम्परागत तरिकाले सांकेतिक रुपमा मनाउन सर्वसाधरणसँग अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बिहीबार सूचना जारी गर्दै यस्तो अनुरोध गर्नुभएको हो ।

सूचनामा कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च रहेको भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत रुपमा सांकेतिक रुपले मनाउन भनिएको छ । साउन ८ गतेसम्म निषेधाज्ञा कायमै रहेको भन्दै प्रशासनले चाडपर्व मनाउँदा भीडभाडजन्य गतिविधि नगर्न अपील गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१