कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप दिइने, कहिले र कहाँ लगाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७८, शुक्रबार ०५:४०

काठमाडौं । कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाबिरुद्धको खोप दिइने भएको छ ।

काठमाडौं उपत्यकामा आज देखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाईने भएको हो ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने एक सूचना जारी गरेर जानकारी दिएका छन ।

त्यसैगरी आज बाट उपत्यकामा ४० वर्षमाथीकालाई खोप लगाउने खड्काले जानकारी दिनुभएको छ ।

खोप अभियान आज बाट ६ गतेसम्म चल्ने छ । विद्यार्थीहरुले पहिले खोप अनि परीक्षा माग गर्दै विभिन्न प्रर्दशन गरिरहेका थिए । खोप माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

अदालतले विद्यार्थीलाई अविलम्ब खोप दिन आदेश दिएको थियो । सोही आदेशका आधारमा विश्विद्यालयका परीक्षार्थीले समेत प्रवेशपत्रका आधारमा खोप लगाइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१