माधव समूह छाडेका भीम रावल, सुरेन्द्र, योगेश, गोकर्ण, घनश्याम सहित १० शीर्ष नेताको यस्तो निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७८, शुक्रबार ०५:३७

काठमाडौ । नेकपा एमालेमै रहेको तत्कालीन वरिष्ठ नेता माधवकुमार पक्षीय स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयनका लागि माग गर्ने निर्णय गर्नुभएको छ ।

एमालेमै एकताका लागि पहल गरेर अघि बढ्ने निष्कर्षमा पुग्नुभएका उहाँहरुले नेता नेपाललाई भने पार्टी विभाजनको निर्णय सच्याउन माग गर्ने निर्णय गरेको नेता गोकर्ण विष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी एकताकै लागि दबाब सिर्जना गर्ने निर्क्योलमा पुगेका छौं।

१० बुँदे सहमतिको हस्ताक्षरकर्ता समेत भएकाले यसको कार्यान्वयन गर्नु हाम्रो नैतिक कर्तव्य हो।’ १० बुँदे कार्यन्वयनमा ल्याउन ओलीलाई आग्रह गर्ने र नेपाललाई पार्टी दर्ताको निर्णय सच्याउन दवाव दिने उहाँहरुको अबको कार्यदिशा रहेको स्पष्ट पार्नुभयो ।

बिहीबार दिउँसो बसेको उनीहरुको बैठकले यस विषयलाई लिएर सामूहिक वक्तव्य जारी गर्ने समेत तयारी भएको छ ।

यसैगरी, शुक्रबार दिउँसो तत्कालीन ‘नेपाल पक्षीय’ स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य र सांसदहरुको भेला पनि गर्ने निर्णय समेत भएको छ ।

बैठकमा उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू विष्ट, योगेश भट्टराई, भीम आचार्य र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, अृमतकुमार बोहरा र रघुजी पन्त सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१