माधव नेपालसहित सत्ता गठबन्धनबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे भयो यस्तो सहमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७८, शुक्रबार ०५:३५

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले लामो समयसम्म पूर्णता पाउन सकेको छैन । यहबीच मन्त्रिपरिषदले पूर्णता पाउन अझै समय लाग्ने भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विस्तार हुन नसक्दा गठबन्धनमाथि प्रश्न उठिरहेका बेला सरकार विस्तार पछाडि धकेलिएको हो ।

शेरबहादुर देउवाले चाहेर पनि चाँडै आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन नसक्ने हुनुभएको छ ।

आज बिहान बालुवाटारमा काँग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले (समाजवादी) पार्टीका संयोजक माधवकुमार नेपालबीच सरकार विस्तारबारे छलफल भएको थियो ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त छलफलमा अझै कम्तिमा दुई साता मन्त्रिपरिषद विस्तार नगर्न नेताहरु सहमत हुनुभएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दोस्रो संशोधन गर्न बनेको अध्यादेशको विपक्षमा सर्वोच्च अदालतमा रिट परेको अवस्थामा माधव नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदनले वैधता पाउने विषयमा प्रश्न उठ्ने देखेपछि सत्तारुढ गठबन्धन अझै पर्खिने भएको हो ।

नेपालको नेकपा एमाले (समाजवादी) दर्ता भएको खण्डमा मात्र मन्त्रीपरिषद् विस्तार गर्ने र त्यो सरकारमा माधव नेपालपनि जाने बताइएको छ ।

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरुको आन्तरिक किचलोका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई हुँदै आएको छ ।

गठबन्धनमा रहेका पार्टीहरुमध्ये जसपाको महन्थ ठाकुर पक्ष र एमालेको माधव समूहले बुधबार मात्रै फरक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले उनीहरुको आधिकारिकताबारे छिनोफानो नगरी मन्त्रिपरिषदलाई पनि पूर्णता दिँदा पछि पुन समस्या हुनसक्ने भएकाले आयोगको निर्णयअघि मन्त्रिपरिषदलाई पूर्णता नदिन गठबन्धनबीच समझदारी भएको हो ।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै उक्त समझदारीबारे खुलासा गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डले भने ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ। आज बिहानमात्रै हामी प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र म बसेका थियौं।

अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्न हुँदैन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर समझदारी बनेको छ। यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै एकै दिनमा मन्त्रिपरिषद् विस्तारलाई टुंग्याउनुपर्ने कुरा भएको छ।’

गठबन्धन मन्त्रिपरिषद विस्तार गर्न ढिला गर्नुहुँदैन, तुरुन्तै टुङ्ग्याउनुपर्छ भनेर सबै पार्टीका नेताहरुको के समझदारी बनेको छ।

​निर्वाचन आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिएपछि सो पार्टीलाई समेत सरकारमा लैजाने गरी गृहकार्य भएको पुष्टि गर्दै प्रचण्डले भन्नुभयो ‘जति छिटो उहाँहरुको सनाखत हुन्छ त्यति छिटो मन्त्रिपरिषद विस्तार हुन्छ ।’

प्रधानमन्त्री देउवाले आफूले सपथ लिएकै दिन माओवादीका दुई र काँग्रेसका २ मन्त्री नियुक्त गर्नुभएको थियो । त्यसको केही दिनमा काँग्रेसका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर ६ सदस्यीय मन्त्रिमण्डल बनाए पनि अझै १७ मन्त्रालयमा मन्त्रीहरु नियुक्त गर्न बाँकी छ । संविधानअनुसार २५ सदस्य भन्दा बढि मन्त्री बनाउन मिल्दैन । यसको कसरतमा उहाँहरु लाग्नुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१