नेताहरुलाई पार्टीमा फर्कन ओलीको आह्वान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७८, शुक्रबार ०५:२७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहसँग नाम जोडिएका नेताहरुलाई पार्टीमा फकर्न आह्वान गरेका छन ।

एमाले जिल्ला कमिटी भक्तपुरले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालको लिस्टमा नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराउनेलाई पार्टीमा फर्कन आह्वान गरेका हुन ।

उहाले माधव पक्षमा गएका नेताहरुको भविष्य अन्धकार रहेको तर्क गर्दै आफ्नो पार्टीमा रहेका नेताहरुलाई आवश्यक जिम्मेवारी दिइने बताए । अध्यक्ष ओलीले अहिलेको सरकारले गलत प्रचार बाहेक देश विकास गर्ने दृष्टिकोण नभएको आरोप लगाए ।

माधव नेपालसंग देश बिकासको कुनै भिजन नै नरहेको भन्दै ओलीले अहिलेसम्म समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा कहिल्यै बोलेको नसुनेको तर्क गरे ।

अध्यक्ष ओलीले अहिलेको सरकारले मन्त्रिपरिषद् समेत पूर्ण रुपमा गठन गर्न नसकेको भन्दै तमाशा मात्र गरेको बताए । त्यस्तै, अध्यक्ष ओलीले एमाले कर्कलाको पातको पानी जस्तो पार्टी नभएको भन्दै एमालेलाई ध्वस्त गर्ने प्रतिकृयावादीको कदम सफल नहुने दावी गरे ।

उनले सरकारले ल्याएको अध्यादेशको पनि विरोध गर्दै संसदलाई छल्न खोजिएको आरोप लगाए । ओलीले आफू लाग्ने हो भने माधवकुमार नेपाल समूहलाई १० प्रतिशत समेत पु¥याउन नसक्ने बनाइदिने दावी समेत गरे ।

अध्यक्ष ओलीले नेकपा एमालेमाथि तानाशाही, गौर कानुनी प्रवृत्ति देखाए त्यो महँगो पर्नजाने भन्दै चेतावनी दिए । कार्यक्रममा एमालेका युवा नेता महेश बस्नेतले माधव नेपालको पक्षमा २०% केन्द्रीय सदस्य नपुग्ने दाबी गरे ।

बस्नेतले दलीय अनुशासन उल्लंघन गरेको आरोपमा कारवाही गरिएका १४ सांसदलाई कारवाही नगरे सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१