लिङ्ग पहिचान गर्दै भारतीय बजारमा गर्भपतन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ आश्विन २०७१, आईतवार ११:०२

काशीराम शर्मा

download

बाँके १२  असोज । खुला सीमानाका कारण बाँकेमा गर्भपतनको अवस्था निकै जटिल बन्दै गएको छ । खुला सीमानाका कारण असुरक्षित रुपमा गर्भ बोकेका महिला तथा छोरा जन्माउने आसमा लिङ्ग पहिचान गरी नेपालगन्जसँगै जोडिएको भारतीय बजार रुपैडिहामा असुरक्षित गर्भपतन गराउने गरेका छन् ।

भारतीय बजारमा पुगेर गर्भपतन गराउने महिलाहरुको सङ्ख्या एकीन नभए पनि वर्र्षैपिच्छे बढ्दो क्रममा रहेको जनाइएको छ । नेपालभित्र गर्भपतन गराउँदा सामाजिक रुपमा अपमान हुने र अरुले थाहा पाउने भन्दै नेपाली महिलाहरु भारतीय बजारमा पुगेर असुरक्षित गर्न पतन गराउने गरेका छन् ।
बाँकेबाट मात्र नभई मध्य पश्चिमका अन्य जिल्लाहरुबाट समेत गर्भपतनका लागि भारतीय बजारमा पुग्ने गरेका छन् । ती मध्ये खासगरी ग्रामीण क्षेत्रका महिलाहरु बढी जाने गरेका छन् । लिङ्ग पहिचानपछि गर्भपतन गराउन कानुनले बन्देज लगाए पनि अधिकांश विवाहित महिलाहरुले समेत छोराको आसामा गर्भपतन गराउँदै आएको भेरी अञ्चल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.राजेश कुमार शाहले बताए ।
डा.शाहका अनुसार धेरै पटक गर्भपतन गराउँदा महिलाको पाठेघर गुम्ने खतरा पनि उत्तिकै हुने गरेको छ । उनले भने, ‘छोटो अवधिमा धेरैपटक गर्भपतन गराउ“दा स्वास्थ्य कमजोर बन्दै जान्छ र पाठेघर नै फाल्नु पर्ने अवस्था आउन सक्छ ।’ सरकारले १२ सातासम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको छ ।
कतिपयले असुरक्षित गर्भपतन गराउदा ज्यान समेत गुमाउनु परेको छ । असुरक्षित गर्भपतनलाई रोक्न सुरक्षित गर्भपतनका बारेमा गाउँगाउँमा चेतना फैलाउन आवश्यक देखिन्छ । ‘गर्भपतन गराउनेको सङ्ख्या बढ्दो छ’, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका बसन्त गैरैले भने, ‘यही अवस्थामा गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भए छोराहरुको सङ्ख्या बढ्ने र छारीहरुको सङ्ख्या घटेर बैवाहिक सम्बन्धमा समेत असर पर्ने देखिन्छ ।’
बढ्दो आधुनिकीकरण, वैदेशिक रोजगारी, युवा अवस्थाको प्रेम, छोराको चहना लगायत कारणले गर्भपतन गराउनेको सङ्ख्या बढेको उनले बताए । सामाजिक संस्कार, सेवा दिने संस्थाहरु महिला मैत्री नहुनु तथा निःशुल्क सेवा नपाएका कारणले यस क्षेत्रका अधिकांश महिला र युवतीले अझै पनि सीमापारी गएर असुरक्षित गर्भपतन गराउने गरेका छन् ।
सुरक्षित गर्भपतन सेवा प्रभावकारी कार्यक्रमका रुपमा देखिए पनि यसका कारण परिवार नियोजन गर्ने दर यथावत रहकोले दिर्घकालिन रुपमा असर पर्न सक्ने स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको संस्था नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रका अध्यक्ष मो.शेर बागवानले बताए ।
उनले सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालमा प्रतिबन्धित गर्भपतन गराउने औषधिहरु नेपालगन्जमा भित्रि रहेकोले समस्या भएको बताए । उनले भने, ‘यस्ता पतिबन्धित औषधिका कारण महिलाहरुको ज्यान उच्च जोखिममा रहेको छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, पुस १०, २०८१