छिटो गर्नुहोस् : ४३७ जना नेपाली अफगानिस्तानमा नेपाली विमान पर्खिएर बसिरहेका छौ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७८, मंगलवार ०५:३५

काठमाडौ । ४३७ जना नेपाली नागरिक अफगानिस्तानको काबुल स्थित अन्तर्राष्ट्रिय एयरपोर्टमा पर्खिरहेका छन् । उनीहरु नेपाल ध्वजा बाहक विमान हेरेर बसिरहेका छन् ।

उद्धार गर्न जाने विमानको प्रतिक्षामा रहेको त्यहाँको नेपालीहरुले बताएका छन् । उता उनीहरुलाई पठाउने म्यानपावर कम्पनीलेपनि नेपाली फिर्ता ल्याउने काम गरिरहेको पुष्टि गरेका छन् ।

 

‘राति अबेरसम्म उद्धार भएकाहरुको यो संख्या बढ्नसक्छ । सरकारले म्यानपावर कम्पनीबाट श्रम स्वीकृति नवीकरण गएका नेपालीको पनि विवरण मागेको छ । केही मन्त्रालयको सम्पर्कमा आएकाहरुपनि छन् ।

विभागले विवरणलाई अद्यावधिक गरेर सम्बद्ध सरकारी निकायमा जानकारी गराउने बताएको छ । सरकारले सार्वजनिक गरेको सम्पर्क रजिष्ट्रेसन फारम भर्ने पोर्ट र विभिन्न सम्पर्क नम्बरबाट सोमबार साँझसम्म १३४ जना नेपाली पनि सम्पर्कमा आएका छन् ।

उनीहरुको उद्धारका लागि सरकारले आवश्यक बन्दोबस्त गरिरहेको पररारष्ट्र मन्त्रालयले जनाएको छ ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको थियो ।

‘उहाँहरुले हाम्रो आग्रहमा सकारात्मक जवाफ दिनुभएको छ, केही नागरिकको उद्धार भइसकेको छ, केहीको उद्धारको क्रममा हुनुहुन्छ भने कोही बाटोमा हुनुहुन्छ,’ मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । हामी केही सयमभित्र कति नेपालीको उद्धार भयो भने जानकारी सार्वजनिक गर्छौं उहाँले बताउनुभयो ।

विगत १० दिनमा १६४ जना व्यक्ति अफगानिस्तानबाट नेपाल आएका छन् । उनीहरुमध्ये दुई जना अफगानी कुटनीतिज्ञ र बाँकी सबै नेपाली नागरिक रहेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जानकारी दिएको छ ।

यसैगरी नेपालबाट अफगानिस्तानमा नेपाली श्रमिक पठाउने दुई वटा म्यानपावर कम्पनीले ३३० जना नेपालीको उद्धार भइसकेको जानकारी दिएको छ ।

वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा पठाउने कार्यमा संस्थागत रुपमा संलग्न दुई वटा म्यानपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउन निर्देशन दिएको थियो ।

विभाग स्रोतका अनुसार एफएसआई वर्ल्ड म्यानपावर कम्पनी र युनिभर्सल कनेक्सन म्यानपावर कम्पनीले विभागलाई ३३० जना श्रमिकलाई उनीहरु कार्यरत सम्बद्ध नियोग र कार्यालयले कतारको राजधानी दोहामा ल्याइसकेको जानकारी सोमबार दिउँसो दिएका छन् ।

त्यहाँबाट उहाँहरुलाई खाँडी मुलुकमा नै रोजगारी दिने वा घर फर्काउने बारे छलफल भइरहेको उनीहरुको भनाई छ । अफगानिस्तानमा बैधानिक रुपमा नै २ हजार भन्दा बढी नेपाली बसिरहेको आँकडा छ । अरु खाँडी मुलुक हुँदै धेरै संख्यामा गएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१