फेरी लकडाउन, जनजीवन के होला ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७८, मंगलवार ०५:३०

काठमाडौ । मुलुक अब फेरि बन्दाबन्दी निषेधाज्ञा मध्ये कुनै एकतिर अभीमुख छ । बन्दाबन्दी होस् या निषेधाज्ञा, जनस्वास्थ्यका लागि भनौ या महामारीलाई व्यापक बन्नबाट रोक्नका लागि भनौ पक्कै पनि आवश्यक भने छ । आजबाट संक्रमितको ग्राफ ह्वात्तै बढेको छ ।

यसलेपनि यो जरुरी छ भन्ने विज्ञहरुको जोड छ । यहाँ सवाल यतिखेर बन्दाबन्दी निषेधाज्ञा प्रभावकारी बनाइनुमा सरकारले सही गरेको हो वा होइन भन्ने होइन ।

 

बरु यसप्रकारका सम्भावित प्रतिकुल अवस्थाका बारेमा सरकारका पक्षबाट अनि हामी सर्वसाधारणका पक्षबाट पूर्वतैयारी गर्दै के कस्ता कदमहरू चालिनु अपरिहार्य हुन आउला त ? भन्ने चाहिँ पक्कै हो ।

सरकारी तवरबाट यस्तो अवस्थामा अर्थतन्त्र खस्किन नदिन तथा सर्वसाधारणको जनजीवन असामान्य बन्न नदिन पूर्वतैयारी स्वरुप गृहकार्य गरेर मात्र यस्ता बन्दाबन्दी निषेधाज्ञा प्रभावकारी बनाउन अत्यावश्यक देखिन्छ किनकि यस्ता अवस्था अचानक आइरहेका छैनन् ।

यस्ता अवस्था अनिश्चित समयसम्म निरन्तर आइरहने कुरामा कतै सन्देह नै छैन । आउने दिनहरूमा परिस्थितिले सम्बोधन गर्दै जाँदा कुनै पनि अवस्थामा पुनः यस्ता अवस्थालाई प्रभावकारी बनाउनै पर्नेसम्मको अवस्था विद्यमान रहँदा रहँदै सरकारी तवरबाट यस्तो अवस्थामा समेत अर्थतन्त्र स्वस्फूर्त रुपमा चलायमान बनी रहने विकल्पतिर सशक्ततापूर्वक अनि दृढतापूर्वक लागि पर्ने समय करीब पहिलो बन्दाबन्दीलाई सामान्य बनाइएकै बेला थियो ।

तर हाम्रो दुर्भाग्य नेतृत्व तह त्यतिखेर कुर्सीको खिचातानीमै व्यस्त रह्यो । पुनः दोश्रोपल्ट बिना कुनै पूर्वतैयारी निषेधाज्ञाका रुपमा सर्वसाधारणले अर्को झड्का झेल्न विवश हुनु परेको थियो ।

फेरि पनि त्यसलाई सामान्य बनाइयो । अब फेरि तेश्रोपल्टको झड्का झेल्नै पर्ने सँघारमा यतिखेर मुलुक छ । त्योभन्दा अगावै अर्थतन्त्रलाई सबलीकरण गर्नु अनि सर्वसाधारणको जनजीवन असामान्य बन्न नदिन अपरिहार्य रहेको तीतो यथार्थ जगजाहेर छ । पक्कै पनि यस्तो अवस्थामा भर्च्युअल दुनियामा हाम्रो स्वामित्वजन्य उपस्थिति आवश्यक छ र त्यतातिर अविलम्ब क्रियाशील हुनुको विकल्प देखिँदैन ।

सर्वसाधारणका तर्फबाट यस्ता सम्भावित प्रतिकुल अवस्थाका लागि जनजीवन अस्तव्यस्त हुनबाट रोक्नका लागि के पहल गर्दैछौँ ? के जोहो गरेका छौँ ? भन्ने सवालको जवाफमा ध्यान केन्द्रित गर्नु अत्यावश्यक छ ।

समयले सम्बोधन गर्दै जाँदा परिस्थितिको आधारमा अब अनिश्चित समयसम्म समयान्तरमा प्रभावकारी बनीरहने तीतो यथार्थबाट हामी सर्वसाधारणले पनि मुख मोड्न मिल्दैन ।

यस अर्थमा, बन्दाबन्दी–निषेधाज्ञा लागू भएको अवस्थामा सरकारलाई गालीगलौच गर्ने अधिकार कम से कम जिम्मेवार नागरिकलाई पुग्दैन र हामी त्यसका लागि क्षमायोग्य समेत रहँदैनौ ।

एक जिम्मेवार नागरिकका हैसियतले हामीले पनि त्यस्तो प्रतिकुल अवस्थाम समेत हाम्रो जनजीवन अस्तव्यस्त हुन नदिइ सामान्य ढंगबाट अगाडि बढाउन प्लाटफर्म तैयार पार्ने समय यतिखेरै हो । निश्चित रुपमा त्यो प्लाटफर्म भर्च्युअल नै हो र त्यतातर्फ हामी सबैले सक्रियतापूर्क लागि पर्नै पर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१