एमसीसीलाई गठबन्धन भत्काउने हतियार बनाइयो, हाम्रो पार्टीका कोही उग्र नहुनु : प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०७८, सोमबार ०५:३८

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई सत्तारुढ गठबन्धन भत्काउने हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताउनुभएको छ ।

यो भड्काउने चीजको रुपमा विकास भएको भन्दै उहाँले एमसीसीबारे उग्र भएर प्रस्तुत नहुन समेत नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

शनिबार र आइतबार दुई दिन बसेको बैठकमा नेताहरुले प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा प्रश्न उठाउँदै एमसीसीबारे प्रष्ट पार्न माग गरेका थिए ।

जवाफका क्रममा प्रचण्डले एमसीसी पारित गर्नैहुन्न भन्ने पक्षमा आफू नभएको स्पष्ट पार्नुभएको छ । तर सम्झौताका कतिपय प्रावधान राष्ट्रिय हित अनुकूल नभएकाले साविकको नेकपाको कार्यदलको सुझावअनुसार परिर्माजन गरेर मात्र अघि बढ्नुपर्ने आफ्नो अडान रहेको उहाँको भनाई थियो ।

तर अहिलेको सरकार एमसीसी पास गर्नैपर्ने दवावमा बनेका कारण नेपाली कांग्रेसमा हुबहु पारित गर्नुपर्ने जोड रहेको उहाँले खुलाउनुभयो । यसले गर्दा सत्तारुढ गठबन्धनमा समस्या आउने देखिन्छ ।

छलफल गरेर अघि बढ्ने योजना छ उहाँले भन्ने भयो । उहाँले ‘एमसीसीलाई गठबन्धनमा खेल्ने हतियारको रुपमा प्रयोग गर्न खोजिएको छ, तपाईंहरु उग्र भएर प्रस्तुत नहुनुस् ।’ सबैले बुझ्नुहोस् प्रचण्डको भनाई थियो ।

उहाँले शासकीय स्वरुपबारे पनि धेरै नबोल्ने बताउनुभयो । अहिले नै गठबन्धन एकठाउँमा आउने सम्भावना भएकाले उपयुक्त समयमा छलफल गर्नुपर्ने उहाँको भनाई थियो ।

यता देउवाले भने एमसीसी पास गर्न संसदमा टेबल गर्न सभामुखलाई दवाव दिएको प्रचण्डको खुलासा छ । उहाँले भन्नुभयो प्रधानमन्त्री देउवा जी छिटो गरौँ भन्नुहुन्छ म छलफल गरेर सुझबुझपछि मात्र गरौँ भन्छु कुरा यही हो ।

प्रतिक्रिया