के हो अफगानिस्तानको तालिबान ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०७८, सोमबार ०५:३६

काठमाडौ । सोभियत संघ फर्किएपछि सन् १९९० को दशकमा कट्टपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो ।

दक्षिण–पश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इराकसँग सीमा जोडिएको हेरात प्रान्त नियन्त्रणमा लिएको थियो । त्यसको एक वर्षमै राजधानी काबुल नियन्त्रणमा लियो र राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर शासन सत्तामा हातमा लियो ।

तर जब २००१ सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा हवाई घटना गराएपछि फेरी युर्टन भयो ।

करिब तीन हजार मानिसको ज्यान जाने गरी भएको घटनापछि अमेरिकाले तालिबानको संरक्षणमा रहेका अल कायदा प्रमुख ओसामा बिन लादेनलाई बुझाउन भन्यो । तालिबानले लादेनको संलग्नता पुष्टि नभएको भन्दै बुझाउन अस्वीकार गर्‍यो ।

 

जवाफमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अफगानिस्तान लडाईको सुरुआत गरेका थिए । त्यो वर्षको डिसेम्बरमा आइपुग्दा तालिबानको सत्ता धारासायी भयो । त्यही महिनाको अन्त्यमा अफगानिस्तानको सत्ताबाट तालिबान च्युत भयो ।

त्यसयता अमेरिकी सेनाको सहायतामा नै अफगानिस्तानको सत्ता चलिरहेको थियो । अब भने फेरी तालिबानलाई सत्ताको चाबी सुम्पिएको छ । उसले लडाई जितेर नै सत्ता हातमा लिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै तालिबानलाई वार्ताको निम्तो दिएर २०१९ को सेप्टेम्बरको पहिलो साता अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता जाने सहमति भयो ।

यद्यपि सम्झौतामा हस्ताक्षर भने २०२० को फेब्रुअरीमा भएको थियो । कतारको दोहामा भएको सहमतिमा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सबै सैनिक मे २०२१ सम्म फिर्ता लैजाने उल्लेख गरिएको थियो । त्यसअनुसार ट्रम्पले आफ्नो शासनकालमा अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या २५०० मा झारेका थिए ।

नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले जनवरीमा कार्यभार सम्हाले । बाइडनले तालिबानसँग भएको शान्ति सम्झौतालाई निरन्तरता दिने, तर अफगानिस्तानमा रहेका सैनिकहरुलाई सेप्टेम्बरसम्म मात्र फिर्ता लगिसक्ने निर्णय गरे ।

उनी अमेरिकाले वार्ताका लागि निम्तो दिएदेखि तालिबान शक्तिमा आएको मान्छन् । ‘जब म राष्ट्रपति बनेँ, मेरोसामु अर्को बाटो थिएन ।

हामीसँग आफ्नो र सहयोगी मुलुकका सेनालाई त्यहाँबाट सुरक्षित निकाल्ने चुनौती थियो,’ उनले भनेका छन् । त्यसपछि अमेरिका बाहिरिएसँगै तालिबानले अफगानिस्तानमा आफ्नो कब्जा जमाएको छ । अब उसले नयाँ देश घोषणा गर्ने तयारी गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१