अफगानिस्तानबाट अमेरिका नाम निशान नरहनेगरी झण्डा उठाएर भाग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०७८, सोमबार ०५:३२

काठमाडौ । अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिन्कनले अफगानिस्तान मिसन ‘सफल’ रहेको दाबी गरेका छन् । उनले अमेरिकी दूतावासलाई काबुल विमानस्थलमा सिफ्ट गरिएको बताएका छन् ।

उनले अफगानिस्तानको वर्तमान अवस्थालाई भियतनाम ल’डाईसँग तु’लना गरिएकोमा पनि आपत्ति प्रकट गरे ।

४६ वर्षअघि भियतनाम ल’डाईका दौ’रान साइनबाट हार खाएर अमेरिका बाहिरिएको थियो । राष्ट्रपति जो बाइडेनका आलोचक तथा रिपब्लिकन सांसदहरुले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएको विषयलाई साइगन ल’डाईसँग तु’लना गरिरहेका छन् ।

 

अमेरिकी सैनिकको बर्हिगमन सुरु भएको छोटो समयमै तालिवानीहरुले काबुल क’ब्जा ग’रेका छन् । आइतबार तालिवानीहरुले का’बुललाई घे’रा हा’लेपछि राष्ट्रपति असरफ गनी देश छाडेर ताजकिस्तानतर्फ लागेका छन् । त्य’सपछि वि’द्रो’हीहरु बि’स्तारै काबुल छिर्न थालेका छन् ।

अमेरिकाका वरिष्ठ कुटनीतिज्ञ रोस विल्सनले अफगानिस्तानस्थित दूतावास छाडिसकेका छन् । एक अमेरिकी अधिकारीका अनुसार विल्सनलाई काबुल विमानस्थल पुर्याइएको छ । दूतावासको भवनमा राखिएको झन्डा पनि उठाएर विमानस्थल लगिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१