समाजसेवि  शुशिला श्रेष्ठ कोभिड हिरो अवार्डबाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७८, आईतवार १७:४०

बोस्टर मिडियाले व्यवसायी तथा समाजसेवि  शुशिला श्रेष्ठलाइ कोभिड हिरो अवार्ड विभूषणले सम्मान गरेको छ ।  आकाश भैरव फिटनेस सेन्टरकी संचालक श्रेष्ठलाइ शनिबार एक कार्यक्रमका बीच विभूषण प्रदान गरेको हो ।
कोभिड महामारीका बीच पनि फिटनेस ,थेरापी तथा अन्य स्वास्थ्य सेवा  मार्फत श्रेष्ठले निरन्तर रुपमा कार्य गर्दै आउनु भएको छ । प्राकृतिक रुपमा एवं कोरियन प्रविधि मार्फत उहाले एच वान थर्मल थेरापी मेसिनबाट बिभिन्न स्वास्थ्य समस्या हुनेहरुलाई निशुल्क रुपमा सेवा दिदै आइरहनु भएको छ ।

लामो समय सम्म एनजिओमा संलग्न श्रेष्ठ कामका शिलशिलामा ६५ भन्दा धेरै जिल्ला पुगिसक्नु भएको छ । लायन्स क्लब अफ काठमाडौं आशिर्वादकि प्रथम उपाध्यक्ष समेत रहनु भएकी श्रेष्ठ अब्बल महिला व्यवसायी तथा समाजसेबी हुनुहुन्छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१