नाङ्गै सुत्दा फाइदै फाइदा, याैन स्वास्थ्यमा यस्ताे प्रभाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७८, आईतवार ०५:५४

एजेन्सी । हावा, पानी र खाना जस्तै सुताई पनि हाम्रो शरीरका लागि धेरै नै आवश्यक छ । वैज्ञानिकले नै पर्याप्त निद्रा हाम्रो शरीरलाई अति आवश्यक रहेको दाबी गरेका छन् । तर के तपाईंलाई कुनै कपडा नलगाई सुत्नुका फाइदाका बारेमा जानकारी नहुन सक्छ । आउनुहोस् यसबारे चर्चा गरौं ।

– नाङगै सुत्दा बीचमा बिउँझिने सम्भावना कम हुने बताइएको छ । मानिसको छाला तात्दा पनि निद्रा नपर्ने हुन सक्छ । कपडा लगाएर सुत्दा शरीरको तापक्रम बढ्ने हुनाले बीचमा निद्रा भङ्ग हुने हुन्छ । बिना कपडा सुत्दा छाला तात्ने समस्या नहुने हुन्छ । यसले तपाईंको सुताई लामो समयसम्म हुने हुन्छ ।

– विज्ञहरुका अनुसार कम तापक्रममा सुत्दा मानिसको शरीर भित्र रहेको ब्राउन फ्याट उत्पादन हुन्छ । ब्राउन फ्याट ब्लड सुगर नियन्त्रण गर्ने मेटाबोलिज्म उत्पादन गर्दछ । यसले शरीरमा तातो बनाई राख्नका लागि ह्वाइट फ्याटलाई स्टोर गर्दछ । ब्राउन फ्याट बढ्दा मोटोपन र डायबिटिज जस्ता बिरामीको खतरा पनि कम गर्दछ ।

– विभिन्न अनुसन्धानहरुले कम निदाउने मानिसको तौल तीब्र रुपमा बढ्ने रिपोर्ट सार्वजनिक गरेका छन् । तनावमा रहेका मानिसको शरीरमा एड्रेनल ग्लैंड्स एड्रेनालाइन र कोर्टिसोल भन्ने तत्व पैदा गर्दछ । यसले रगतमा चिनीको मात्रा बढाउँदछ । यसले हाम्रो तौल बढाउन मद्दत गर्छ । त्यसैले राम्रो निद्राले हाम्रो तनाव कम गर्ने मात्र नभई तौल घटाउन पनि सहयोग गर्दछ ।

– विज्ञहरुले नाङ्गै सत्दा हाम्रो प्रजनन स्वास्थ्य पनि सुधार हुने बताउँछन् । शरीरमा टाँसिने कपडा लगाउँदा हाम्रो स्पर्मको संख्यामा कमी हुने र ध्यान पनि बिग्रिने हुन्छ । कपडा सहित सुत्दा शरीरमा अक्सिजन पनि प्रयाप्त जान पाउँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१