बेलायतबाट संचालित नेपाली टिभिबाट निकालिए पत्रकार भट्ट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ आश्विन २०७१, आईतवार १०:५२

बेलायत /लण्डन बेलायतबाट संचालित नेपाली टिभि युकेले टेलिभिजनमा कार्यक्रम संचालन गर्दै आएका “नमस्ते युरोप कार्यक्रम”का संचालक राजेन्द्र भट्टलाई बर्खास्त गरेको छ । भट्टले टेलिभिजनमा सत्य तथ्य र निष्पक्ष समाचार भन्दा पनि व्यक्तिगत इश्र्याका कार्यक्रम संचालन गरेको भन्दै बेलायतबासी नेपालीले टिकाटिप्पणीे गर्दै आएका थिए । भट्टले संस्थालाई व्यक्तिगत रुपमा प्रयोग गरेको आरोप पनि लागेको थियो । केही समय पहिले नमस्ते युरोप साँझ कार्यक्रम गर्दा भट्टले च्यारिटीको नाउँमा स्थानीय व्यवसायी मार्फत मोटो रकम असुलेको पनि बताइएको छ तर पैसा उठाइसकेपछि उनले यसलाई अहिलेसम्म कुनै च्यारिटीलाई पनि नदिएको बुझिएको छ ।Namaste-Europe

यस्तै भट्टले “नमस्ते युरोप” कार्यक्रम अन्य वेभसाइटमा पनि राख्ने गरेको बुझिएको छ भने समाचार प्रसारण गरे बापत उनले पैसा असुल्ने गरेको पनि पाइएको छ । पत्रकारिताको धर्म र मर्म नबुझी घटनाक्रमलाई नजिकबाट नियाल्न नसक्ने भट्टको पत्रकारितामा सवैले प्रश्न उठाएका छन् । यसअघि कार्यक्रमको गुणस्तर खस्किएपछि नेपाल टेलिभिजनको एनटिभि प्लसले पनि “नमस्ते युरोप” कार्यक्रमलाई बन्देज गरेको थियो । यस्तै उनको कार्यक्रमलाई ठाँउ दिएका केही वेभसाइटले समेत कार्यक्रमलाई निकालिएको बुझिएको छ भने केहीले निकाल्ने प्रक्रियामा रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१