सरकारले पूर्णता पाउन अझै केही समय लाग्ने ‘प्रचण्ड’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०७८, शनिबार ०५:०१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारले पूर्णता पाउन अझै केही समय लाग्ने बताएका छन् ।

शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकमा धेरै जसो नेताहरुले सरकारका विषयमा प्रश्न उठाएपछि प्रचण्डले यस्तो बताएका हुन् ।

माओवादी केन्द्रले पार्टी विधान संशोधनका विषयमा शनिबार बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको एक महिना पुग्दासमेत पाँच मन्त्रीलाई मात्रै लिएर सत्ता सञ्चालन गरिरहेका छन् । सरकारले पुर्णता पाउन नसकेको भन्दै सरकारको आालेचना भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१