रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७८, बुधबार ०५:४०

काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गरेको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै केही क्षेत्रमा कडाइ गर्ने निर्णय गरेको हो ।

प्रशासनले उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

प्रशासनले बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनको भनाई छ । यस्तै थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।

निधेषाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्‍जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम सञ्‍चालन गर्न÷गराउन नपाउने उल्लेख छ ।

यस्तै चोक/खुला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न÷गराउन नपाउने व्यवस्था जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेशमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१