बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा युवा परिषद गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ श्रावण २०७८, सोमबार ०५:३५

काठमाडौँ । स्वच्छ शान्त समृद्द पर्यटकीय नगर बुढानिलकण्ठ भन्ने मूल नाराको साथमा बुढानिलकण्ठ नगरपालिका नगर युवा परिषद द्वारा आयोजित वडा युवा परिषद गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।होटल अमुप्रस्तमा कोरोना महामारीको कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि संक्षिप्त रुपमा आयोजित कार्यक्रमको अध्यक्षता बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेलले गरेका थिए।कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधब ढुंगेल रहेका थिए भने बिशेष अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिकाकि उप प्रमुख रमादेबी राइ , नगर प्रवक्ता, नवराज भट्टराई लगायत १३ वटै वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन बुढानिलकण्ठ नगरपालिका नगर युवा परिषदका सदस्य दिपु बस्नेतले गरेका थिए।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममाबुढानिलकण्ठ नगरपालिका नगर युवा परिषदका सदस्य सरोज धितालले स्वागत मन्तब्य राखेका थिए भने बुढानिलकण्ठ नगरपालिका नगर युवा परिषदका उपाध्यक्ष रुपेश भट्टराईले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।कार्यक्रममा प्रत्येक वडाका वडा अध्यक्षहरुले आ आफ्नो वडा बाट वडा युवा परिषदमा प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम घोषणा गरेका थिए भने त्यी सदस्यहरुलाई बुढानिलकण्ठ नगरपालिकाप्रमुख उद्दब खरेलले सपथ गराएका थिए ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधब ढुंगेलले सहभागी युवाहरुलाई अभिमुखीकरण गराएका थिए उनले हरेक देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने बताउदै देश निर्माण प्रक्रियामा युवाहरुको सक्रिय सहभागिता र स्ववंसेवकीय भूमिकामार्फत समाज र देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न सकिन्छ भनेर परिषद् स्थापना गरिएको जानकारी गराएका थिए । स्थानीयतहले युवाको नेतृत्व क्षमता विकासका लागि अनुकुल वातावरण तयार गर्ने, स्थानीय आवश्यकता र मागको आधारमा युवालाई स्वंयमसेवकीय काममा परिचालन सकिनेमा जोड दिदै युवावर्गमा भएको सिर्जनशीलता, उद्यमशीलता तथा अन्वेषणात्मक क्षमताको विकास गरी राष्ट्रको आधारभूत शक्तिका रुपमा स्थापित गर्दै उनीहरुमा रहेका क्षमता उजागर गर्ने समेत उदेश्य भएको जानकारी गराएका थिए ।

युवाहरूको गुणात्मक र सम्यात्मक विकाससंगै उनीहरुलालाई उद्यमशिलतामा परिचालन गरेमा देशको विकास सम्भव भएको ढुङ्गेलको भनाई थियो । संघीय शासन प्रणाली अपनाएको बर्तमान अवस्थामा त्यसमा देखिएका कमीकमजोरीहरु हटाउदै स्थानिय सरकारसंगको सहकार्यमा युवा सहभागितामुलक कार्यक्रमहरु उत्साहापूर्वक गर्न सकिने जानकारी गराएका थिए ।विकासमा सार्थक सहभागिताको अवसर, क्षमता विकास, स्वरोजगार, रोजगार र आय आर्जनमा सहभागिता गराउनु गराउनका लागि युवा परिषदलले पुलको रुपमा काम गरेको बताएका उनले आत्मनिर्भर मुखी, सबल, भरपर्दो र दिगो आर्थिक विकास गर्न सार्वजनिक, निजी, सहकारी र गैरसरकारी सबै क्षेत्रको सार्थक सहकार्य, सामञ्जस्यता र समन्वय हुनु आवशयक रहेको बताएका थिए।कार्यक्रममा नगर प्रमुख उद्दब खरेलले बुढानिलकण्ठ नगरपालिकाले युवाहरुको हितमा बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराएका थिए। उनले आगामी दिनमा पनि युवाहरुको चहाना र उनीहरुको सिर्जनात्मक योजनालाइ नगरले आत्मसात गरि अघि बढ्ने जानकारी गराएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१