चर्चित गायक हनी सिंहमाथि श्रीमतीले लगाइन् सबै चकित हुने आरोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ श्रावण २०७८, सोमबार ०५:३१

काठमाडौं । बलिउडका चर्चित गायक हनी सिंहमाथि घ’रेलु हिं’साको आ’रोप लागेको छ । यो आरोप उनकी श्रीमती शालिनीले लगाएकी हुन् ।

यस मामलामा दिल्लीको हजारी अदालतमा एक याचिका दायर गरिएको छ ।

यो याचिका ‘घरेलु हिं’साबाट म’हिलाहरुको संरक्षण ऐन अन्तर्गत दायर गरिएको हो ।

यो याचिका तीस हजारी अदालत तानिया सिंहको इजलास समक्ष पेश गरिएको थियो ।

 

यो याचिका हनी सिंहकी पत्नी शालिनी तलवारको तर्फबाट उनका अधिवक्ता सन्दीप कपूर, अपूर्व पाण्डे र जीजी कश्यपले दायर गरेका छन् ।

यस मामलामा, अदालतले हनी सिंहको बिरुद्ध नोटिस जारी गरेको छ ।

नोटिसमा गायक हनी सिंहले २८ अगस्ट भन्दा पहिले अदालतमा जवाफ दिनु पर्नेछ । अदालतद्धारा हनी सिंह र शालिनी तलवारको नाममा भएको संयुक्त सम्पत्ति बेच्न प्रतिबन्धित लगाइएको छ ।

यस बाहेक, हनी सिंहलाई विवाहमा पाइएको सामानहरुमा गडबढ नगर्न आदेश दिइएको छ ।

यसअघि शालिनीले आफ्ना प’तिमाथि शा’रीरिक हिं’सा, यौ’न हिं’सा र मा’नसिक उ’त्पीडनको आ’रोप लगाएकी थिइन् ।

उनले ज’बरज’स्ती सम्पत्ति बेच्ने प्रयास गरेको आरोप पनि लगाइन् । तर, यस विषयमा हनी सिंहको कुनै प्रतिक्रिया आएको छैन । हनी सिंह र शालिनीको विवाह २०११ मा भएको थियो ।

दुबैले एक अर्कालाई सानैदेखि चिन्छन् । उनीहरुको विवाह दिल्लीको एउटा फार्म हाउसमा भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०