सुताई कुन उमेरमा कति, कस्तो सुताई जाति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७८, शनिबार ०५:३६

मानिसहरुको सुत्ने समय राति र अन्य प्रकारका गतिविधि गर्ने समय दिउँसो हुने गर्दछ । तर रातमा निद्रा नपरेपछि मानिसहरु दिउँसो निदाउने गर्दछन् । कसैकसैलाई खाना खाने बित्तिकै निद्रा लाग्ने हुन्छ । निद्राले मानिसलाई स्फुर्ति गराउने मात्र नभइ रोगसँग लड्ने क्षमताको पनि विकास गराउँदछ ।

बालबालिकाहरुका लागि उनीहरुको शारीरिक विकासको लागि दिनमा १२ देखि १५ घन्टा सुत्नु आवश्यक हुन्छ । अलि ठूला ७ वर्षदेखि १३ वर्षसम्मका भन्दा ठूला बच्चाहरुको लागि ९ देखि ११ घन्टा सुत्न आवश्यक हुन्छ । किशोर उमेरका बालबालिकाका लागि १४ देखि १९ वर्षका किशोरहरुलाई ८ देखि १० घन्टा निदाउन राम्रो हुने बताइन्छ । वयष्क मानिसहरुको लागि ६ देखि ८ घन्टा सुत्नु राम्रो हुन्छ । ६० वर्ष भन्दा धेरै उमेरका मानिसहरुको लािग सामान्य भन्दा धेरै घन्टा सुत्न आवश्यक हुन्छ ।

युनिभर्सिटी अफ पेन्सिलभेनियाका शोधकर्ताले गरेको सुताइ सम्बन्धी एक शोधमा धेरै तथ्यहरु सार्वजनिक भएका छन् । उनीहरुले गरेको शोधका प्रमुख साइकोलोजीका असिस्टेन्ट प्रोफेसर फिलिपले सुत्नु अल्छीपना टाढा गर्नेमात्रै नभई मानिसको समग्र कार्यक्षमता र रोग प्रतिरोधक क्षमता पनि मजबुत गराउने बताए । तर, कुनै पनि शारीरिक कसरतबाट फर्किए लगत्तै सुत्नु नहुने बताइएको छ । कसरतपछि दिमागले तीब्र्र रुपमा काम गर्न गरिरहेको सन्दर्भमा सुत्नु राम्रो मानिन्न । निन्द्रा र थकान महसुस हुन्छ तर स्वस्थ रहनको लागि व्यायाम गरेको कम्तीमा २ घन्टापछि भने सुत्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१