गोकर्णेश्वर नगरपालिकाले आज देखि लगाइने भेरोसेल खोपको दोस्रो मात्राको लागि खोप केन्द्र तोक्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७८, शुक्रबार ०५:३०

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले दोश्रो भेरोसेल खोप व्यवस्थापन सम्बन्धि बसेको बैठक सम्पन्न भएको छ । नगर प्रमुख श्री सन्तोष चालिसेको अध्यक्षतामा बसेको बैठकमा उप प्रमुख शान्ति नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, सबै वडाका वडा अध्यक्ष, स्वास्थ्य शाखा प्रमुख लगायतको उपस्थितिमा खोप लगाउन सहज बनाउन छ वटा खोप केन्द्र संचालनमा ल्याउने निर्णय भएको जानकारी गराइएको छ ।

बैठकले २०७८ साल असार २९ गते देखि २०७८ साल श्रावण ४ गते सम्म कोरोना भाइरस बिरुद्दको पहिलो खोप लगाएका नागरिकहरुलाई निम्न मिति , समय र स्थानमा भेरोसेल को दोस्रो खोप संचालन हुने भएको छ । २०७८ साल श्रावण २२ गते देखि २४ गते सम्म बिहान १० बजे देखि ४ बजे सम्म निम्न खोप केन्द्र बाट खोप लगाइने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१