‘कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन गर्नुपर्छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७८, शुक्रबार ०५:२३

काठमाडौं । नेपाली काँग्रेसका  नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निजी निवास चाक्सिबारी ठमेलमा बसेको संस्थापन  बैठकले आगामी भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भन्दै कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन समितिले प्रक्रिया छोट्याएर भए पनि समयमा नै महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । “पार्टी महाधिवेशन नहुनुमा क्रियाशील सदस्यता विवाद हो, यसलाई चाँडो टुङ्ग्याउनतर्फ लाग्नुपर्छ”, उनले भने ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको र धेरै कार्यक्रममा जानुपर्ने भएका कारण पनि क्रियाशील सदस्यतालाई अन्तिम रुप दिन समस्या परेको उनको भनाइ थियो । बैठकमा महाधिवेशन कार्यतालिका छिटो सार्वजनिक गर्न नेतृत्वलाई दवाव दिनेबारेसमेत छलफल भएको छ ।

नेतृत्वले निर्वाचन समितिलाई चाँडो निर्देशन दिएर महाधिवेशन सुनिश्चित गर्न लाग्नुपर्ने वरिष्ठ नेता पौडेलले बताए । भेटमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्व महामन्त्री सिंह, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा मिनेन्द्र रिजाललगायतको सहभागिता थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१