एसईईको नतिजा आगामी हप्ता सार्वजनिक गर्ने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७८, शुक्रबार ०५:१८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने भएको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको छ ।

अध्यक्ष पौडेलले भने  एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेको पाइयो । आगामी हप्ताभित्र सार्वजनिक हुन्छ ।’

गत जेठ १३ गतेदेखि तय भएको एसईईको परीक्षा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।

भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१