एसियाडको क्रिकेटमा नेपालको सान्धर जित नेपालद्वारा कुवेत ९ विकेटले पराजितत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ आश्विन २०७१, आईतवार ०९:०८
इन्चोन। एसियाली खेलकुदको क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । समूह चरणको अफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको छ ।



इन्चोजमा कुवेतले प्रस्तुत गरेको मात्र २१ रनको लक्ष्य नेपालले मात्र १७ खेल खेलेर १ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि सागर पुनले ९ रन जोडे । सुवास खकुरेल ७ र विनोद भण्डारी ५ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको कुवेतले १३.२ ओभरमा २० रन जोड्दा सबै विकेट गुमाएको थियो । सुरुवातबाटै कुवेतलाई दबावमा राखेको नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले समान ३-३ विकेट लिए । सागर पुनले २ विकेट लिए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१