१ सय २७ किलो गाँजासहित मनहरी गाउँपालिकाबाट तीन जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०७८, बिहीबार ०५:०५

मकवानपुर। १ सय २७ किलो लागुऔषध गाँजासहित प्रहरीले मकवानपुरको मनहरी गाउँपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार बिहान ७ बजे मनहरी गाउँपालिका–८ सिमपानीबाट तीन जनालाई १२७ किलो गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत वैशाल जिल्लाका ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारतको समस्तिपुर १८ वर्षीय राहुलकुमार सहनी र वीरगञ्ज महानगरपालिका–९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालका अनुसार सुचनाका आधारमा बिआरई २८३९ नम्बरको भारतीय ट्रकलाई रोकेर चेक जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो ।

प्रहरीले ट्रक पनि नियन्त्रणमा लिएको छ । अहिले पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१