अख्तियारको कारबाहीमा परेका व्यक्ति शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०७८, बिहीबार ०५:०१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गरेका व्यक्ति शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त भएका छन् । शिक्षक सेवा आयोगमा नवनियुक्त सदस्य डिल्लीराम रिमाललाई २०६३ सालमा अख्तियारले आफन्तलाई शिक्षक सेवामा पास गराइ भ्रष्टाचारजन्य कार्य गरेको ठहर गरेको थियो ।

उनले माध्यमिक तहका शिक्षक पदको परीक्षामा आफन्तलाई उत्तीर्ण गराएको भन्दै रिमाललाई अख्तियारले कारवाहीको निर्देशन दिएको थियो । भाइ नाता पर्ने लेखनाथ रिमाललाई पास गराई अन्तर्वार्तामा सामेल गराएको अख्तियारको छानविनले पुष्टि गरेको थियो । उनी माध्यमिक तहका शिक्षक पदको लेखा विषयका प्रश्नपत्र निर्माण, मोडरेशन,उत्तरपुस्तिका परीक्षणलगायतका काममा संलग्न रहेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१