नेपाल पक्षले बोलाएको बैठक अनाधिकृत भन्दै ओली पक्षको आपत्ति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०७८, बिहीबार ०४:५८

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले भोलि बस्न लागेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठकलाई अनाधिकृत भन्दै आपत्ति जनाएको छ । सचिव तामाङले बुधवार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कमिटीको नामबाट श्रावण २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु । पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछु ।’

जारी विज्ञप्तिको पूर्ण पाठः–

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१