माधव नेपालले डाके आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७८, बुधबार ०५:४०

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक डाकेका छन् । बुधवार राजधानी बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बिहान ११ बजे बैठक बस्ने बताइएको छ ।

मंगलवार नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । सरकारमा आफ्नो पार्टीबाट सहभागी गराउने बारेमा भएको उक्त छलफल कुनै टुंगोमा नपुगेको बताइएको छ ।

नेता नेपाल सरकारमा सहभागी हुन सकारात्मक भएपनि पार्टीका अन्य नेताहरु तयार नभएको एमाले स्रोतको दाबी छ । सोही कारण नेता नेपालले सरकारमा सहभागी हुने बारे ठोस निर्णय गर्न सकिरहेका छैनन् ।

पार्टी एकताका लागि छलफल गर्न डाकिएको भनिएको उक्त बैठकमा उनी पक्षधर सबै केन्द्रीय सदस्यहरुको सहभागिता देशभरबाट हुने सम्भावना कम रहँदा बैठक सर्ने सम्भावना पनि उत्तिकै रहेको बताइएको छ । दश बुँदे सहमतिको प्रस्तावलाई आधार मानेर एमाले पार्टीमा एकता हुने भनिएपनि नेता नेपालले उक्त सहमति प्रस्तावलाई स्वीकारेका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१