यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७८, बुधबार ०५:२७

काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो ।

यस्तै कोरोना महामारीका कारण स्थानीय प्रशासनबाट भएका निषेधाज्ञाका क्रममा व्यक्तिगत घटना दर्ता बिलम्व शुल्क छुट दिने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय जिवनमा उल्लेख्निय योगदान पुराएका प्रा. भूषण श्रेष्ठ, गोविन्द प्रसाद शर्मा, मदनदाश श्रेष्ठ लगाएतलाई बिभुषण समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै बैठकले नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक गुरु प्रसाद भट्टराईले आचरणबिपरितको काम गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको उनले बताए । त्यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा मधु प्रसाद रेग्मी र सदस्यमा डिल्लीराम रिमाल र नन्द कुमारी महर्जनलाई नियुक्त गरेको प्रवक्ता कार्कीले जानकारी दिए । त्यस्तै मन्त्रिपरिषद्ले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली पहिलो संशोधन नियमावली स्वीकृत गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१