माधव नेपाललाई अल्टिमेटम : निर्णय नदिए एक ढंगले अघि बढ्ने देउवा–प्रचण्डको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०७८, आईतवार ०५:०७

काठमाडौ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सत्तारुढ गठबन्धनमा समेत अट्नुभएन ।

उहाँले ठोस निर्णय र भरपर्दो साथ नदिएको आरोप लगाउँदै सत्तारुढ गठबन्धनले भोलिसम्मको अल्टिमेटम दिएको छ ।

मुख्य घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारमा सहभागिताको बिषयलाई लिएर एमालेको माधव समूहलाई समयसीमा तोकेको हो ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच  भएको छलफलमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बिषयमा माधव समूहलाई भोलिसम्मको समयसीमा तोक्ने निर्णय गर्नुभयो ।

भोलिसम्म ठोस निर्णय नदिए एक ढंगले अघि बढ्ने देउवा–प्रचण्डको घोषणा छ ।

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आज गम्भीर छलफल भएको थियो ।

सत्तारुढ गठबन्धनमा मन्त्रालय बाँडफाँड र माधव समूहको सहभागिताको बिषय टुंगो नलाग्दा मन्त्रिपरिषद बिस्तार नै हुनसकेको छैन ।

माधवले निर्णय नगर्दा सरकारलाई पुर्णता दिएर कोरोना महामारीबिरुद्ध जुटनु पर्नेमा सत्तारुढ गठबन्धन दिनदिनै मन्त्री छनोटको वार्तामा बसिरहनु परेको भन्दै सत्तारुढ दलका नेताहरुले नै आलोचना गर्न थाल्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच आज भएको छलफलमा मन्त्रालय बाँडफाँडको बारेमा गठबन्धनका अन्य नेताहरूसँग पनि कुराकानी गर्ने समझदारी भएको छ ।

प्रचण्डले माधव नेपाल पक्षलाई ६–७ वटा मन्त्रालय दिन गठबन्धनका नेताहरू तयार रहेको भन्दै तत्काल एमाले त्यागेर सरकारमा सहभागी हुन दैनिक अफर गरिरहनु भएको बुझिएको छ । समय घर्किदै गएपछि भने देउवा र प्रचण्डले माधवलाई समयसीमा तोक्नुभएको हो ।

माधव समुहमा २० जना सांसदहरु देउवालाई भोट हालिसकेका कारण सरकारमा जानै पर्ने दवाव आइरहेको छ । एमालेबाट मात्रै नभई जीवनकै अन्तिम पटक सांसद बन्ने अवस्था आएपछि उहाँहरुले मन्त्रीका लागि माधवलाई दवाव दिनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको बिवादको छिनोफानो गर्न आजसम्मको समय तोकिसक्नु भएको छ । माधव समूहका शीर्ष नेताहरुले सरकारमा जान नहुने पार्टीभित्र एकता बचाएर चुनाव केन्द्रीत गतिविधिमा जानुपर्ने बताउँदै आउनुभएको छ ।

उहाँहरुको दवावका कारण नेपालले सरकारमा सहभागीता जनाउँने बारे ठोस निर्णय दिन सक्नुभएको छ । नेताहरु पठाएर सरकारमा सहभागी नहुने सन्देश सत्तारुढ गठबन्धनलाई दिएपनि सत्तारुढ गठबन्धन भने नेपाल सहित सरकार चलाउँन चाहान्छ ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष औपचारिक रुपमा नै पार्टी फुटिसकेका कारण जतिबेलापनि सरकारबाट बाहिरिने र नेपाल पक्षकोपनि साथ नहुने हो भने सरकार जतिबेलापनि अल्पमतमा रहने भएकाले देउवा र प्रचण्ड जसरीपनि नेपाल समूहलाई सरकारमा सामेल गराउँन चाहानुहुन्छ । तर त्यो असम्भव जस्तै बनेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१