मन्त्रीको भागबण्डाः काँग्रेसले ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०७८, शुक्रबार ०५:१८

काठमाडौं । दुई साता बित्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै सरकारको आलोचना सुरु भएको छ ।

सत्तारुढ गठबन्धनमै देखिएको अलमलले देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेर मन्त्रिपरिषद् विस्तारमै सरकार अल्झिएको भन्दै आलोचना भएको हो ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी हुने कि नहुने भन्ने अन्यौलले गर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको बताइन्छ ।

यद्यपि शीर्ष नेताहरुले विहीबार बिहान बैठक बसरे काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिसकेको स्रोतको भनाई छ ।

बाँकी तीन राज्यमन्त्री बनाइने छ भने कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको बताइन्छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको छ ।

माधव पक्षविनै मन्त्रिपरिषद विस्तार
सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । नेपाल पक्षबाहेक काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच मन्त्रालयको भागबण्डा मिलाएका हुन् ।

गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि काँग्रेस र जसपाको बैठक पनि बस्दैछ । काँग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । जसपा कार्यकारिणी समिति बैठक जारी छ । गठबन्धनको बैठक सकेर जसपा शीर्ष नेताहरु पार्टीको बैठकमा पुगिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१